Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भुम्लु गाउँपालिका वडा नं. ४ को वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न

Thursday, March 3, 2022 National Power

काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ मा वडा पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको बिच प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यक्रममा बोल्दै माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनु भएको छ । देश विकासका लागि काम गरिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले नै अगुवाइ गरेको भन्दै लामाले लाजशरम पचेको मान्छे भनेर टिप्पणी गर्नु भएको छ ।
उता कार्यक्रमको विशेष अतिथि नेकपा एमाले प्रदेश सदस्य एवम् भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले चुनाबमा गरेको प्रतिबद्धता भन्दा धेरै बिकास गरेको बताउदै पालिकामा बिकासले फडको मारेको बताउनु भएको छ । उहाँले शिक्षा, स्वास्थ्य, सडक र खानेपानी जस्ता अति सम्बेदनसिल कुराहरुमा बजेट बढि बिनियोजन गरि काम गरेको र केहि काम हुँदै गरेकोले बिकासका काममा सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ । उहाँले बिकास ब्यक्तिले भन्दापनि जन्ताको कर बाट उठेको पैसाले गरिने कारण गुणस्तरीयता ख्याल गर्न स्थानिय बासिन्दालाई आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् भुम्लु गाउँपालिका इन्चार्ज प्रेम लामाले पार्टी लाई आधारभुत रुपमा स्थापित गर्न सक्रिय हुनलाई निर्देशन दिनु भएको छ । उहाँले भुम्लु गाउँपालिका वडा नं. १ देखि १० सम्म नेकपा एमालेको वडा पार्टी कार्यालय उद्घाटन गर्ने काम अबको केहि दिनमा नै सम्पन्न हुने बताउनु भयो । अहिलेसम्म भुम्लु गाउँपालिकामा ३८ भन्दा धेरै टोल कमिटी गठन भैसकेको र केही गर्ने क्रममा रहेको जानकारी दिनु भयो ।

भुम्लु गाउँपालिका वडा नं. ४ को वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा वडा कमिटी अध्यक्ष जस्बिर लामाको सभापतित्वमा, नेकपा एमाले जिल्ला कमिटी सदस्य नकुल पराजुली, टिकाराम लामा, कल्पना श्रेष्ठ, जिल्ला कमिटी सदस्य एवम् चौरीदेउराली गाउँपालिका इन्जार्च बिक्रम चौलागाईं, नेकपा एमाले भुम्लु गाउँ कमिटी अध्यक्ष कृष्ण मान लामा, वडा नं. ४ को निर्वाचित वडा अध्यक्ष लोक बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रमान लामाले गर्नुभएको थियो ।