Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नाबाहेक केही पनि होइन : खनाल

Wednesday, March 2, 2022 National Power

मोरङ — नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताले नेपालीको भाग्य र भविष्यमा दूरगामी असर पार्ने भएकाले आफूहरुले नमान्ने बताएका छन् । विराटनगरमा बुधबार पत्रकारसँगको कुराकानीमा खनालले सदनमा प्रक्रियामा नै नलगी हतारहतार अनुमोदन गरिएकोले यसको परिणामहरु देखिँदै जाने बताएका हुन् । ‘एमसीसीले नेपाली समाजमा विभाजन ल्याएको छ यी, यस्ता अझै परिणामहरु देखिँदै जान्छ,’ उनले भने, ‘एमसीसीले नेपालीको भाग्य र भविष्यमा दूरगामी असर पार्छ र व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नाबाहेक केही पनि होइन र यसको कानुनी आधार केही पनि छैन ।’

खनालले एमसीसीमा अनेकौं राष्ट्रघाती कुराहरु भएकाले आफूहरु नमान्ने भनाइ दोहोर्‍याए । ‘व्याख्यात्मक टिप्पणीको प्रस्ताव र एमसीसी सम्झौता छुट्टाछुट्टै पारित हुनुपर्ने थियो तर त्यस्तो गरिएन,’ उनले भने, ‘संसद्‌को विधि विधानविपरीत एमसीसी पास भयो त्यसैले कार्यान्वयनमा भयानक चुनौती छ र हामीहरु मान्दैनौं ।’

एमसीसी सत्ता टिकाउनलाई हतारहतार पास गरिएको उनको भनाइ थियो । खनालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव विस्तारै सदनमा अघि बढ्ने विश्वास व्यक्त गरे ।