Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Sunday, February 27, 2022 National Power

१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आत्मसमर्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।
फागुन ११ गते पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जबर्जस्ती करणीको कसूरमा जाहेरी परेपछि उनी फरार थिए । जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसक्रममा प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ पनि गरेको थियो । फरार रहेको चार दिनपछि आइतवार शाह प्रहरीसामु उपस्थित भएका हुन् ।
आइतवार नै पल शाहविरुद्ध उनै नाबालिग गायिकाले नवलपरासीको गैंडाकोट प्रहरी कार्यालयमा पनि जबर्जस्ती करणीको मुद्धामा किटानी जाहेरी दिएकी छन् । प्रहरीमा दर्ता गराएको जाहेरी पत्रमा २०७७ चैत ७ गते एक म्यूजिक भिडियोको छायांकनको क्रममा गैंडाकोटको गैंडाकोट रिसोर्टमा जबर्जस्ती मदिरा सेवन गर्न लगाएर पटक-पटक करणी गरेको आरोप शाहमाथि लगाइएको छ ।