Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पल शाहको भिडियो सन्देश- ‘दर्शकसँग बसेर फिल्म हेर्ने इच्छा छ’

Sunday, February 27, 2022 National Power

बुधवार एक नाबालिग गायिकाले जबर्जस्ती करणीको आरोपमा तनुहँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि फरार रहेका अभिनेता पल शाहले प्रहरीमा उपस्थित हुनुभन्दा अगाडि आइतवार एक भिडियो सन्देश जारी गर्दै आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ दर्शक र आफ्नो टिमसँग बसेर हेर्ने इच्छा रहेको र सम्भव भए यो इच्छा पूरा गरिदिन प्रहरीसँग आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘मेरो सपना थियो फिल्म ‘म यस्तो गीत गाउँछु २’ दर्शक र आफ्नो टिमसँग बसेर हेर्ने । शुक्रवार र शनिवार फिल्मले एकदमै राम्रो व्यापार गर्‍यो भन्ने सुनेँ, एकदमै खुसी लाग्थ्यो । तर, दर्शकसँग बसेर फिल्म हेर्ने चाहना भने पूरा हुन सकेन । एकपटक दर्शक र टिमसँग बसेर फिल्म हेर्ने इच्छा छ । सम्भव हुन्छ भने मेरो यो इच्छा पूरा गरिदिनुहुन प्रहरीसँग आग्रह गर्दछु ।’
उनले प्रहरीमा उपस्थित हुन ढिलाई गर्नुको कारणबारे पनि स्पष्ट पार्दै भनेका छन्, ‘मैले घर व्यवहार मिलाउनु पर्ने थियो । बुबा, ममी, बहिनीको अभिभावक भनेको म मात्रै हो । त्यसैले केही मिलाउनु पर्ने थियो । अनि, मेरो स्वास्थ्य स्थिति पनि कमजोर थियो । यी सबै कुराले प्रहरीमा उपस्थित हुन ढिलाइ भयो ।’ उनले आफ्नो कारणले प्रहरीमा पर्न गएको अप्ठ्यारोप्रति माफी मागेका छन् ।
पलले अब कानुनलाई आफूले सघाउने र आफूसँग भएका प्रमाणहरु पनि पेश गर्ने बताएका छन् । उनले आफू निर्दोष रहेको दाबी गर्दै अगाडि भनेका छन्, ‘म बेकसुर छु । पहिलो दिनदेखि मलाई फसाउँदै फसाउँदै यहाँसम्म ल्याइएको छ । यही कुरा सम्मानीत अदालतमा पनि भन्नेछु । अदालतले जे निर्णय गर्नेछ, त्यसमा म खुसी हुनेछु । र, यत्ति भन्न चाहन्छु कि म बेकसुर छु । निर्दोष छु ।’