Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

एमसीसीविरुद्ध हतियारसहित प्रदर्शनमा उत्रिए आन्दोलनकारी

Sunday, February 27, 2022 National Power

काठमाडौं -सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् ।

एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले संसदमा एमसीसीका विषयमा सैद्धान्तिक छलफल जारी छ ।