Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बालुवाटारमा काँग्रेस–माओवादी बैठक, गठबन्धन जोगाउन दुबै पक्ष सकारात्मक

Friday, February 25, 2022 National Power

काठमाडौं -सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएकै बेला शुक्रबार काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ।

अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । एमालेसँगको संवाद सकारात्मक रहेको र वर्तमान गठबन्धन अघि बढ्न सक्ने अवस्था नरहेको काँग्रेस र माओवादी केन्द्रकै नेताहरुले बताएका थिए ।

तर शुक्रबारको छलफलमा फेरि गठबन्धन जोगाउन दुबै पक्षबीच सकारात्मक ढंगले छलफल भएको बैठकपछि एक नेताले जानकारी दिए । बैठकमा देउवासहित काँग्रेसबाट पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र गगन थापा तथा माओवादीको तर्फबाट प्रचण्डसहित जनार्दन शर्मा सहभागी थिए ।
आजै बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी समितिको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो ।