काठमाडौं – फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोहेकी हुन् । अभिनेता पल शाह विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भाबुक देखिएकी थिइन् । कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कप्लेक्स’ मा साँझ ५ः३० मा आयाेजित प्रिमियर पलकै कारणले करिब दुई घन्टा ढिलो सुरु भएको थियो ।सो अवसरमा फिल्म निर्माता समेत रहेका निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कानूनले निष्पक्ष न्याय दिने आस आफ्नो रहेको बताए ।
तीन बर्ष अगाडि नै निर्माण सम्पन्न भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको मुख्य भुमिका रहेको छ । फिल्म महाशिवरात्रिको छेको पारेर भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।
काठमाडौं- नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली अभिनेत्री सानिया खानले काठमाडौं महानगरपालिका –नागार्जुन १, रानीबनमा अत्याधुनिक सुविधा...
काठमाडौं – नेपाली संगीत क्षेत्रलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि निरन्तर...
नयाँ बर्ष विक्रम संम्बत् २०८३ सालको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय...
काठमाडौं – नेपाली कला र सर्जनाको सम्मान, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सातौँ संस्करणको...
काठमाडौँ – राजधानी काठमाडौँमा १६औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ भव्यताका साथ सम्पन्न भएको छ। विन्ध्यवासिनी...
काठमाडौँ – ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासलाई लक्षित गर्दै आयोजना गरिएको ‘न्युलुक ब्युटी...
सुचना विभाग दर्ता नं ६३/०७३-०७४
Kathmandu, Nepal
Email:info@medianent.com
Phone No.: 9851078850, 012210846