Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

समीक्षाद्वारा पलविरुद्ध जबरजस्ती करणीकाे मुद्दा दर्ता

Wednesday, February 23, 2022 National Power

काठमाण्डौ – नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत आज उजुरी दिएकी हुन्।

१७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरूद्ध जाहेरी दिएकी हुन्। प्रहरीका अनुसार पलविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ। पलमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। समीक्षा पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन्। गत विहीबार उनले महिला अधिकारकर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह गरेकी थिइन्।

जस्मिन र समीक्षाबीच भएको कुराकानीको अडिओ सार्वजनिक भएको थियो। समीक्षाले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी थिईन् तर, पलले उनलाई कसैले उक्साएको बताएका थिए। पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टीकरण दिएका थिए।