Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

एमसीसीको पक्षमा मतदान नगरे माओवादी र एकीकृत समाजवादीले सरकार छाड्नुपर्छ : गगन थापा

Tuesday, February 22, 2022 National Power

चितवन – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ दलले नै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने बताए ।

सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने, अनि सरकारमा सँगसँगै बस्छु भन्नु अनैतिक हुने कांग्रेस महामन्त्री थापाको भनाइ छ । मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो गठबन्धनमा फर्किएँ भनेर बस्न नसकिने थापाको जिकिर छ । कम्युनिष्टको नेतृत्वमा बनेको र कम्युनिष्ट सहभागी भएको सरकारले विभिन्न समयमा एमसीसी सम्झौता अगाडि बढाउने काम गरेकाले अहिले विरोध गर्नुको औचित्य नभएको उनले बताए । कांग्रेस महामन्त्री थापाले भने, ‘कि भन्न सक्नुपर्‍यो त्यसबेला निर्णय गर्दा हामीले ठूलो अपराध गर्‍यौं, भूल गर्‍यौं ।’

कांग्रेस महामन्त्री थापा कांग्रेस नेता तथा प्रजातन्त्र सेनानी स्व। गुणराज पाठकको नवौं दिनको शोकसभा कार्यक्रममा भाग लिन चितवन आएका हुन् ।