Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अर्थमन्त्रीले एमसीसी टेबल नगर्ने, माओवादी तत्काल सरकारबाट नबाहिरिने

Sunday, February 20, 2022 National Power

काठमाडौं-सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० टेबल गर्ने तयारी गरेको छ। त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।
सत्तारुढ दलका नेताहरु एमसीसी टेबल गर्न दिने सम्मको विषयमा लचक देखिएसँगै गठबन्धनको बैठकबाट सोही अनुसारको निर्णय गरेर एमसीसी टेबल गर्ने तयारी सरकारको छ ।गठबन्धनको बैठकमा निर्णय भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ । स्रोतका अनुसार गठबन्धनमा रहेका नेताहरु एमसीसी टेबल गर्न दिन लचक भइसकेका छन् । तर एमसीसी टेबल भएपनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतले पास गर्न भने सघाउने छैनन् ।

स्रोतका अनुसार आज एमसीसी टेबल गर्ने कार्यसूची बनेको अवस्थामा पनि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत नगर्ने भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आरामरत रहेको बताइएको छ । स्वास्थ्यमा समस्या देखिएकै कारण उनी आज अर्थ मन्त्रालय समेत गएका छैनन् । अर्थमन्त्रीको अस्वस्थताका कारण अर्कै मन्त्रीले एमसीसी टेबल गर्ने स्रोतले बतायो । यसैबीच माओवादी केन्द्र तत्काल सरकारबाट पनि नबाहिरिने भएको छ । एमसीसी टेबल भएपछि प्रक्रिया पुरा गरेर भोटिङमा जान समय लाग्न भएकाले त्यतिबेलासम्म माओवादी सरकारमै रहनेछ । तर, भोटिङको बेला भने माओवादीले विपक्षमा मतदान गर्ने तयारी गरेको छ। विपक्षमा मतदानपछि नैतिकताका आधारमा पनि सरकारमा बस्न नमिल्ने भएकाले माओवादी बाहिरिनेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि नै एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने बताइसकेका छन् ।