Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

Tuesday, February 15, 2022 National Power

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराएका छन् ।

कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।

त्यसबेला नेकपामा रहेका सांसदहरु अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेको भन्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले भने, ‘उहाँहरुको संयुक्त सरकारको मन्त्रिपरिषद्‍बाट पास गरेर दर्ता गराएको प्रस्ताव अनुमोदनका लागि संसदमा प्रस्तुत हुँदै गर्दा एमालेले पनि पक्षमा उभिन्छ, माओवादी पनि पक्षमै उभिन्छ भन्ने विश्वास व्यक्त गरेको छ ।’