Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘मिस्टर एन्ड मिस मोडल अफ दी ईयर–२०२२’ को उपाधी सुयोग र एन्जीलाई

Tuesday, February 15, 2022 Devil Singh Rajput

काठमाडौ – सुयोग श्रेष्ठ र एन्जी खड्गीले एभरेस्ट इभेन्ट्सले आयोजना गरेको ‘मिस्टर एन्ड मिस मोडल अफ दी ईयर–२०२२’ को उपाधि जितेका छन् । श्रेष्ठ र खड्गीले क्रमश पुरुष र महिला तर्फको उपाधि जितेका हुन् । उपाधिसँगै विजेताले एभरेस्ट फिल्म एकेडेमीमा एक लाख बराबरको छात्रवृत्ति, कम्पास एभिएसन इन्टरनेसनल कलेजमा तीस हजार बराबरको एभिएसन ट्रेनिङ, ईडिआई ग्लोबल एजुकेसनमा पचास हजार बराबरको शैक्षिक छात्रवृत्ति, फेसन इकमर्स फोटोसुट, मोडलिङ, म्युजिक भिडियो साथै अन्तरास्ट्रिय स्टेजमा नेपाललाई प्रतिनिधित्व गर्ने मौका सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । यस्तै उक्त प्रतियोगितामा मुकेश सापकोटा र सायना मगर क्रमशः पुरुष र महिलातर्फ फष्ट रनरअप बने भने तेजु महर्जन र एस्थर राई क्रमश: पुरुष र महिलातर्फ सेकेन्ड रनरअप बने । एरी तुलाधरले संचालन गरेको कार्यक्रममा विधागत तर्फ निन्वाहाङ लिम्बू र निशा मगर अर्गनाइजर चोईस, साहिल र लिजा श्रेष्ठ ब्रान्ड एम्वासडर, ब्युटी वीथ ब्रान्ड मालश्री मगर र स्वस्तिका घोषित भएको आयोजक एभरेस्ट इभेन्टसका सिईओ कृष्ण श्रेष्ठले जनाए । सुगन्धा अधिकारी र आर्शु महर्जनको कोरियोग्राफी रहेको कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कमल राई, इनोभेसन इभेन्ट्सका सिईओ महेश केसी, जिएसके भर्साटाईलकि डिजाईनर गोमा तिवारी र मेकअप आर्टिस्ट निलम पौडेल निर्णायकको रुपमा रहेका थिए ।