Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काठमाडौंमा फेरि एमालेले चुनाव जित्छ : मेयर शाक्य

Thursday, February 10, 2022 National Power

काठमाडौं –  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी स्थानीय तह निर्वाचनमा पनि काठमाडौंमा नेकपा एमाले विजयी हुने दाबी गरेका छन् ।बिहीबार काठमाडौं महानगरपालिका(२१ गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यासमा बोल्दै उनले पार्टीले जसलाई उम्मेदवार बनाए पनि निर्वाचन जित्ने गरी तयारी अवस्थामा रहेको बताए । ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ ।

म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको महानगरवासीको चाहना के छ रु त्यो बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं’ उनले भने ।मेयर शाक्य २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए ।