Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ :बाँस्कोटा

Monday, February 7, 2022 National Power

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमसीसीको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले प्रचण्डको बोलीमा ठेगान नभएको सङ्केत गर्दै कटाक्ष गरेका छन् ।

‘प्रचण्डले यूटर्न लिएको देख्न हप्ता दिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला रु’, उनले कटाक्ष गरेका छन्, ‘परराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरूले ज्ञान फिट्न परो ।’ विगतमा एमाले अध्यक्ष ओलीले परराष्ट्र सम्बन्ध ध्वस्त पारेको आरोप लगाउनेहरूलाई पनि उनले व्यङ्ग्य गरेका छन् । ‘ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ’, उनको कटाक्ष छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसी अमेरिकालाई पत्र लेखेपछि राजनीति तरङ्गित बनेको छ । यही बीचमा प्रचण्डको सचिवालयले पत्रकार स्पष्टीकरण समेत दिइसकेको छ ।