Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

शुक्ल पञ्चमीअर्थात सरस्वती पूजा विधिपूर्वक गरिएको छ

Sunday, February 6, 2022 National Power

काठमाडौं-प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आइतबार गरिएको छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक र कविलगायतले सरस्वती, किताब, कपी, कलम, वाद्य यन्त्रलगायत साधनको पूजा गरिएको छ ।  आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ ।

सरस्वती पूजाका अवसरमा लाजिम्पाटको नील सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ ।सरस्वतीलाई चढाइएको सात गेडा अक्षता नछोई निलेमा विद्या र वुद्धि वृद्धि भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । कोरोना महामारीका कारण अघिल्लो वर्षमा झैं यस वर्ष पनि काठमाडौू, मैतीदेवी, नील सरस्वतीस्थान लगायतमा आराधना गर्नेको सङ्ख्या पातलिएको छ ।