Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

शुक्ल पञ्चमीअर्थात सरस्वती पूजा विधिपूर्वक गरिएको छ

Sunday, February 6, 2022 National Power

काठमाडौं-प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आइतबार गरिएको छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक र कविलगायतले सरस्वती, किताब, कपी, कलम, वाद्य यन्त्रलगायत साधनको पूजा गरिएको छ ।  आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ ।

सरस्वती पूजाका अवसरमा लाजिम्पाटको नील सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ ।सरस्वतीलाई चढाइएको सात गेडा अक्षता नछोई निलेमा विद्या र वुद्धि वृद्धि भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । कोरोना महामारीका कारण अघिल्लो वर्षमा झैं यस वर्ष पनि काठमाडौू, मैतीदेवी, नील सरस्वतीस्थान लगायतमा आराधना गर्नेको सङ्ख्या पातलिएको छ ।