Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एमसीसी पास गर्दा आफूमाथि प्रश्न नउठ्ने संवैधानिक र कानूनी छिद्रहरुको खोजिमा सभामुखको सक्रियता

Thursday, February 3, 2022 National Power

काठमाडौं – अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक रुपमा अगाडि बढाउन खोजेका छन् । प्रधानमन्त्रीको यो कदमले देशको राजनीति तरंगित छ । यो तरंग सभामुखको कुर्सीसम्म पुगेको छ ।सभामुख सहमत नभएसम्म एमसीसी संसदमा टेबल हुन सक्दैन । त्यसैले एमसीसीको भविष्यमा सभामुख अग्नि सापकोटाले के निर्णय लिन्छन् भन्ने चासो छ ।

एमसीसीलाई संसदबाट अगाडि बढाउन प्रधानमन्त्री देउवा आक्रामक रुपमा अघि बढेपछि सभामुख सापकोटाले पनि आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् । सभामुखको सचिवालयका अनुसार उनी पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता, विशेषज्ञ, कानूनविद् लगायतसँग निरन्तर छलफलमा छन् । उनको सक्रियता हेर्दा उनले आफूमाथि प्रश्न नउठ्ने गरी संवैधानिक र कानूनी छिद्रहरु खोजिरहेको संकेत देखिन्छ ।

पछिल्लो समय उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बरु आफू मर्न तयार रहेको तर एमसीसी टेबल हुन नदिने अडान राखेपछि उनको भूमिकामाथि संशय पैदा भएको छ । सभामुखले सभा बाहिर त्यो हदको सक्रियता देखाउन हुन्छ कि हुन्न भन्ने प्रश्न उठेको छ ।