Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

हराएको खोप खोज्न छानबीन समिति गठन, दुई हप्ताभित्र प्रतिवेदन पेश गर्नुपर्ने

Monday, January 31, 2022 National Power

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

छानविन समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा। लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा। अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहेका छन् । छानविन समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको डा। लोहनीले पुष्टि गरे ।

‘स्वास्थ्यमन्त्रीले आइतबार समिति गठन गरी तथ्यांक गढबढ भएको खोपको छानविन गर्ने निर्देशन दिनुभएको छ,’ डा। लोहनीले अनलाइखबरसँग भने, ‘समितिले दुई हप्तामा प्रतिवेदन तयार पार्ने छ ।’ केही हप्ता अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको छ । प्रमुख प्रतिपक्ष दल एवं सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले २४ लाख डोज खोई भन्दै सरकारमाथि प्रश्न उठाउँदै आइरहेका छन् ।