Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

मिस्टर एण्ड मिस टिकटकका विजेताहरु अभिनित ‘एक अञ्जुली माया’

Sunday, January 30, 2022 Devil Singh Rajput

चितवन – चर्चित गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ । अन्जुको स्वरमा सजिएको ‘एक अञ्जुली माया’ बोलको गीत केही दिन अघि युट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक रोमान्टिक गीतमा अशोक कुमार तामाङको शब्द र सूर्य दयालुको संगीत छ । गीतमा संगीत संयोजन रिकेश गुरुङको छ ।

गीतको भिडियोमा मिस्टर एण्ड मिस टिकटक नेपालका बिजेताहरु सम्मान मल्ल श्रेष्ठ र पुनम तिरुवा फिचर्ड छन् । सम्मान र पुनम द जिएमआई एकेडेमी र सही हो इभेन्टद्धारा आयोजित मिस्टर एण्ड मिस टिकटक नेपालका सेकेण्ड रनर अप हुन् ।

जीवन शाही निर्देशित भिडियो दिपेन बस्न्यातले खिचेका हुन् । दिपेनले नै भिडियो सम्पादन गरेका हुन् । मिस्टर एण्ड मिस टिकटकका विजेताहरुलाई आयोजकले म्युजिक भिडियो खेल्ने मौका प्रदान गर्ने प्रतिवद्धता जनाएको हो ।

सेकेण्ड रनर अपद्धयलाई पुरस्कार स्वरुप नै म्युजिक भिडियोमा अवसर प्रदान गरिएको द जिएम आईका प्रवन्ध निर्देशक महेश लामिछानेले जानकारी दिए । निर्देशक शाहीले सम्मान र पुनमले राम्रो काम गरेको बताए ।