Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

Friday, January 28, 2022 National Power

काठमाडौं – पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो । मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो ।

अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या पनि कम रहेको छ । बिहीबार देशभर २१ हजार ८०८ जनामा कोरोना परीक्षण हुँदा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या हालसम्म पीसीआर विधिबाट भएको परीक्षण्मा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४ हजार ८५८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको हुँदा कुल ११ हजार ६९७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।