Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जनगुनासो बढ्यो, फिर्ता लिन व्यबसायीको माग, भीडभाड घट्यो : प्रशासन

Thursday, January 27, 2022 National Power

काठमाडौं- कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा जोर विजोर प्रणाली लागू भएको छ । जोर–विजोर प्रणाली लागू भएसँगै उपत्यकामा सञ्चालन भइरहेका सवारी साधनमा भिडभाड बढेको छ । भीडभाड बढेको भन्दै गुनासो समेत आउने गरेको छ । जोर– विजोर प्रणाली हुँदा कोरोना सङ्क्रमण नियन्त्रण नहुने भन्दै आलोचना समेत हुने गरेको छ । तर प्रमुख जिल्ला अधिकारीहरु भने यो भीडभाड कम गर्नैका लागि जोर बिजोर लागू गरिएको र भीडभाड कम भएको बताउँछन्।
काठमाडौं उपत्काका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सवारी साधन जोर– विजोर प्रणाली लागू गर्नुको कारण भीडभाड कम गर्नु नै रहेको बताउनुभएको छ । अत्यावश्यक सेवामा पनि कटौति भएकाले मानिसलाई अत्यावश्यक काम नपरी बाहिर ननिस्कन आग्रह गरिएको उहाँको भनाइ छ ।
यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले पनि सार्वजनिक यातायातमा भीडभाड बढेको स्वीकार्नुहुन्छ । उपत्यकामा सञ्चालन हुने सवारी साधनमा निजी सवारी पनि अत्याधिक रहेकाले सवारीको चाप कम भएसँगै मानिस पनि कम हिड्ने सोचका साथ जोर विजोर प्रणाली लागू भएको उहाँ बताउनुहुन्छ । ‘उपत्यकामा चल्ने सवारीहरु सार्वजनिक भन्दा निजी धेरै चल्छन् । त्यसैले मानिस अत्यावश्यक काम नपरी बाहिर नहिडुन भनेर नै जोर–विजोर प्रणाली लागू गरेका हौँ,’ उहाँले भन्नुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले वैज्ञानिक आधारले नै उपत्यकामा सञ्चालन हुने सवारीमा जोर विजोर प्रणाली लागू गरिएको बताउनुभएको छ । भीडभाड बढेर समस्या नै परेको अवस्थामा निर्णय परिमार्जन गर्न सकिने भए पनि हालको अवस्थामा जोर–बिजोर ठीक भएको उहाँको दाबी छ।
सिट क्षमता भन्दा बढी यात्रु चढाउने सवारीलाई कारबाही पनि गरिएको प्रजिअ उपाध्यायले बताउनुभयो । अहिले निरन्तर अनुगमन पनि गरिएको उहाँ बताउनुहुन्छ । ‘अहिले अनुगमन पनि गरिरहेका छौँ, सवारीमा त्यति भीडभाड छैन । यदि त्यस्तो रहेछ र संक्रमण अझै बढ्यो भने थप केही निर्णय गर्न सकिन्छ,’उहाँले भन्नुभयो ।

गृह मन्त्रालयले पनि उपत्यकामा सञ्चालित सवारी साधनमा जोर–विजोर प्रणाली लागू गर्दा भीडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार कोरोना नियन्त्रण गर्नको लागि नै जोर विजोर प्रणाली लागू गरिए पनि मनिसको चहलपहल नरोकिएको उहाँले स्वीकार्नुभएको छ । यस्तै गुनासो आइरहे केही दिनमा निर्णय परिमार्जन हुनसक्ने पोखरेलले बताउनुभयो ।यातायात व्यवसायी महासंघले सबै सार्वजनिक सवारी सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ सरकारले अवैज्ञानिक निर्णय गर्दा यात्रु संक्रमणको जोखिममा परेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
’हामीले सरकारलाई सार्वजनिक सवारीमा जोर–बिजोर गर्दा भिडभाड बढ्छ र जोखिम निम्त्याउँछ भनेर यो व्यवस्था लागू नगर्न सुझाव दिएका थियौं,’ उहाँले भन्नुभयो ’तर सरकारले हाम्रो कुरा सुनेन ।’
यस्तो संकट बेला बरू निजी सवारी कम गरेर सार्वजनिक सवारी प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । जोर–बिजोर नियममा पुनर्विचार गर्न सरकारसँग उहाँको आग्रह समेत छ । ’हामीले गाडी थन्क्याएर बैंकमा ऋणको किस्ता तिर्नुपरेको छ । उता सर्वसाधारण महामारीमा कोचाकोच झेलिरहेका छन्,’ सिटौलाले थप्नुभयो’हामीले चढाउँदिन भन्दा पनि उहाँहरू चढिहाल्नु हुन्छ । ट्राफिकले अनावश्यक चिट काट्ने र राजस्व उठाउने काम मात्रै भएको छ। त्यसैले यो निर्णय तुरून्त पुनर्विचार गरियोस्।’