Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रुस-युक्रेन तनाव :अमेरिकी सेना हाईअलर्टमा

Tuesday, January 25, 2022 National Power

काठमाडौं –  रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आकलन गर्दै अमेरिकाले आफ्ना सेनालाई हाई अलर्टमा राखेको छ । पेन्टागनका अनुसार युद्धका लागि तयार करिब आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा राखिएको छ । पेन्टागनका प्रेस सचिव जोन किर्बीले नेटोले र्‍यापिड रियक्सन फोर्सलाई सक्रिय बनाउने निर्णय गरेमा वा अन्य कुनै नयाँ परिस्थिति सिर्जना भएमा हाई अलर्टमा राखिएका सैनिकहरुलाई तैनाथ गर्ने बताएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण नगर्ने दाबी गर्दै आए पनि सीमा क्षेत्रमा करिब एक लाख रुसी सैनिक अत्याधुनिक हतियारसहित तैनाथ गरिएको छ । त्यसैले युक्रेनमा कुनै पनि बेला रुसले आक्रमण गर्न सक्ने विश्लेषण गर्दै अमेरिकाले उच्च सतर्कता अपनाएको हो । रुस(युक्रेन तनाव बढेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार युरोपका सहयोगी देशहरुसँग भर्चुअल छलफल गरेका थिए । सो छलफलपछि पश्चिमी देशहरुले रुसविरुद्ध समान रणनीति अपनाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

छलफलमा बेलायत, फ्रान्स, जर्मनी, इटली, पोल्याण्डका सरकार प्रमुखहरुका साथै नेटो प्रमुख जेन्स स्टोलटेनबर्ग सहभागी थिए । नेटोका सदस्य देशहरु डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्याण्डले रक्षातन्त्र मजबुत बनाउन पूर्वी युरोपमा फाइटर जेट र युद्धपोत पठाउने तयारी गरेका छन् ।