Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

आफ्ना कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

Monday, January 24, 2022 National Power

काठमाडौं -रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ ।अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै आएका आफ्ना नागरिकहरुलाई पनि युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले भनेको छ ।

रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बीबीसीले जनाएको छ । यद्यपि रुसले भने युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै आएको छ । रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । रुसविरुद्ध उभिएको अमेरिकाले हालै युक्रेनमा हतियारसहितका सहायता सामग्री पठाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै रुसले युक्रेनविरुद्ध ठूलो सैन्य कारबाही गर्ने योजना बनाइरहेको जनाएको छ । अमेरिकाका अनुसार सुरक्षाको दृष्टिकोणले अहिले परिस्थिति अप्रत्यासित छ र केबल एक सानो सूचनाले स्थिति भयावह हुनसक्छ ।उत्तरी एटलान्टिक सन्धि संगठन (नाटो) का प्रमुखले पनि युरोपमा नयाँ संघर्षको खतरा रहेको बताएका छन् ।

यसैबीच ब्रिटेनले एक औपचारिक बयान जारी गर्दै रुसले आफ्नो समर्थकलाई युक्रेनको सत्तामा पुर्याउन चाहेको जनाएको छ । त्यसका लागि युक्रेनका पूर्वसांसद येवहेन मुरायेव सम्भावित उम्मेदवार हुन सक्ने ब्रिटेनको भनाइ छ । यदि रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि ब्रिटेनले दिएको छ । ब्रिटेनका विदेश मन्त्रीले शनिबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘रुसले आफ्नो आक्रामक अभियान रोकेर कूटनीतिक माध्यमबाट अघि बढ्नुपर्छ । युक्रेनमा रुसले कुनै प्रकारको सैन्य कारबाही गरेमा ठूलो भूल हुने छ र त्यसको गम्भीर परिणाम भोग्नुपर्ने छ ।’

रुस र युक्रेनबीच तनाव बढीरहेको बेला युक्रेनबाट जारी यो बयानलाई अन्तर्राष्ट्रिय मिडियाहरुले ‘अप्रत्यासित’ भनेका छन् ।