Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कैलालीमा श्रीमानले गरे श्रीमतीको हत्या

Monday, January 24, 2022 National Power

धनगढी – कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रविन विष्टले घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको जानकारी दिए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० नवराज पोखरेल नेतृत्वको टोली खटिएको छ ।