Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फेवातालमा तैरीरहेको अबस्थामा भेटीए विदेशी नागरीक

Friday, January 21, 2022 National Power

पोखरा- फेवातालमा आज विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् । ती पुरूष बेलायतको नागरिक रहेको साथमा भेटिएको झोलामा रहेको पासपोर्टबाट थाहा भएको कास्की प्रहरीले जनाएको छ ।

डिएसपी सुन्दर तिवारीका अनुसार पासपोर्टमा नाम मार्क सुट र उमेर ४६ वर्ष उल्लेख छ । उनी २०१९ मै नेपाल आएको थाहा भएपनि अन्य जानकारी नखुलेको तिवारीले जनाए । पोखरा २२ अँधेरीखोला नजिकै पूर्वी फेवातालमा तैरिरहेको अवस्थामा मार्क भेटिएका थिए । दिउँसो साढे १२ बजेतिर डुंगा चालक रामचन्द्र परियारले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । शव सड्न लागेको अवस्थामा थियो ।

प्रहरी प्रवक्ता तिवारीका अनुसार शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शरीरमा बाहिरी चोटपटक नरहेको र पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने डिएसपी तिवारीले जनाए ।