Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भोजपुरी फिल्मका स्टारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, ‘यो घटनामा मेरो डेढ करोडको नोक्सानी भयो

Wednesday, January 19, 2022 National Power

काठमाडौं -भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादवले नेपालका कार्यक्रम आयोजकले आफूलाई धोका दिएको बताएका छन् । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन । जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी पाए ।

खेसारीलालले मंगलबार सञ्चारकर्मीसँग भने, म पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका कारण यहाँका प्रशासनले कार्यक्रम स्थगित गराएको आयोजकले मलाई कुनै जानकारी दिएन ।’ खेसारीलालको नाममा आयोजकले टिकट काटेको कुराको जानकारी पनि उनलाई थिएन । जब खेसारीलाल कार्यक्रममा उपस्थित भएनन् अनि टिकट काटेकाहरूले आन्दोलन सुरु गरे । खेसारीलालका चारवटा गाडी जलाई दिए । उनका सङ्गीतका इन्ट्रुमेन्टहरु तोडफोड गरे । उनका साथमा आएका अन्य कलाकारमाथि पनि कुटपिट भयो । खेसारीलालले भने, यो घटनामा मेरो डेढ करोडको घाटा भएको छ । म जनतालाई मनोरञ्जन दिनका लागि नै नेपाल आएको थिए तर यहाँका प्रशासनले कार्यक्रममा रोक लगाएको छ भने कुरा मेरो जानकारीमा थिएन । म होटलबाट निस्केर कार्यक्रममा जान लाग्दा प्रहरी प्रशासनले मलाई रोक्यो । यसमा न प्रशासनको गल्ती छ न मेरो यसमा पुरै गल्ती आयोजकको छ ।’

आयोजकले आफ्नो नाममा टिकट काटेको जानकारी दिएन, प्रशासनले कार्यक्रम रोकेको छ त्यसको पनि जानकारी दिएन । त्यो कुराको जानकारी जनतालाई नभएको कारण उनीहरूले आफूमाथि आक्रोश पोखे, उनले भने, जनतालाई लाग्यो कि खेसारीलाल कार्यक्रममा आएन तर आयोजकले असली कुराको जानकारी नै दिएन । उनले आफ्नो नोक्सानको क्षतिपूर्ति आयोजकले दिनुपर्ने माग गरेका छन् ।

​आयोजक संस्थाका विष्णु चौधरीले भने, अन्तिमसम्म प्रशासनले कार्यक्रम गर्न दिने भनेको थियो । खेसारीलाल टीमलाई भारतबाट ल्याउँदासम्म कार्यक्रम हुन दिने कुराकानी भइरहेको थियो । एकछिनका लागि भएपनि महोत्सवमा खेसारीलाललाई लग्ने कुराकानी भइरहेको थियो तर अचानक त्यसमा रोक लगाएको कारण यो सब घटना भएको हो ।’ प्रशासनले कार्यक्रमको लागि अनुमति दिएको भन्ने जानकारी गराएर नै खेसारीलाललाई नेपाल ल्याएको उनले दाबी गरे ।

खेसारीलाल र उनका टिम हिजो अबेर राति भारत फर्केका छन् । उनीहरूलाई भारत फर्काउनका लागि प्रदेश १ सरकार मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादवले सहयोग गरेका थिए । उनले उनीहरूका लागि गाडीका व्यवस्था गरेर राती १२ बजे सबै प्रक्रिया पुरा गरेर भारत पठाएका हुन् ।