Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

प्रेम टुटाएको रिसमा खुकुरीले हिर्काएर हत्या

Thursday, January 13, 2022 National Power

काठमाडौं – उदयपुरको साविक ववला गाविस–७ स्थित कात्तिकेमा २०६१ मंसिर १३ मा राति दुईजना युवा मानबहादुर तामाङको घरमा गए । उनीहरुले खुकुरी झिकेर ६३ वर्षका मान बहादुरलाई आक्रमण गरे, अनि लगभग मृत्यु भएको यकिन गरेपछि त्यहाँबाट भागे । राति ८ बजे आक्रमणको शिकार भएका मान बहादुरको धरान स्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा मंसिर १७ मा मृत्यु भएको थियो ।

त्यसदिन उनलाई आक्रमण गर्ने मध्येका थिए, अहिलेको बेलका नगरपालिका–६ कात्तिके घर भएका गोबिन्द मगर र जयवीर राई उर्फ ‘विजय’ । मान बहादुरलाई ढालेपछि ‘परिवार सखाप पार्छौँ’ भनेर खुकुरी नचाउँदै भागेका उनीहरु मध्येका गोविन्द मगरलाई प्रहरीले साउदी अरेबियाबाट पक्राउ गरेर बुधवार काठमाडौं ल्याएको छ । हत्या आरोपी मगर अहिले ४० वर्ष भएका छन् ।

हत्यामा संलग्न मुख्य योजनाकार जयवीर अझै फरार छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा मगरलाई पक्रेर काठमाडौंमा ल्याएको नेपाल प्रहरीका प्रवक्ता ९डिआईजी० मुकुन्दराज आचार्यले रातोपाटीलाई बताए । उदयपुरस्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा मार्फत इन्टरपोलबाट २०७७ माघ २६ मा उनीविरुद्ध रेड नोटिश जारी भएको थियो ।

मानबहादुर तामाङको छोरी र जयवीर प्रेम सम्बन्धमा थिए । त्यतिबेला छोरीको उमेर थियो–‘१६ वर्ष ।’ २०६१ मंसिर १३ भन्दा केही दिनअघि जयवीरले फकाएर प्रेमिकालाई भगाउने प्रयास गरे । सो कुरा थाहा पाएपछि मानबहादुर र उनकी पत्नीले प्रेम टुटाएर छोरीलाई अर्कैसँग विवाह गरिदिने तयारी गरेका थिए । सो रिसमा जयवीर आफ्ना साथी गोविन्द मगरलाई लिएर साँझ ८ बजेतिर प्रेमिकाको घरमा पुगे । अनि, मानबहादुर तामाङलाई सोधे– ‘तैंले छोरी किन अर्कैलाई दिइस् रु’

जयवीर प्रेमिकाको बुवासँग निहुँ खोज्दै गर्दा गोविन्द मगरले लुकाएर ल्याएको खुकुरी झिकेर मान बहादुरको टाउकोमा हिर्काए । मृतकका छोरा जितबहादुरले प्रहरीलाई बताएअनुसार त्यसपछि जयवीरले गोविन्दको हातको खुकुरी लिएर मान बहादुरको गर्धनमा हिर्काए । तान्दै घरबाट बाहिर निकालेर निर्मम प्रहार गरिरहे । जितबहादुरलाई पनि खुकुरीले हिर्काएर घाइते बनाएपछि उनीहरुले खुकुरी नचाउँदै भने– ‘अब, परिवार सखाप पार्छौँ ।’ त्यसपछि भागाभाग भयो । गाउँलेहरु जम्मा हुँदा आरोपीहरु त्यहाँबाट भागिसकेका थिए ।

भोलिपल्ट उज्यालो भएपछि अस्पताल लैजाँदा मानबहादुर बाँचेनन् । हत्यामा संलग्न मुख्य योजनाकार जयवीरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । घटनाबारे शुरुमा जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान गरिरहेको थियो । तर, २०७५ पछि सो अनुसन्धान फाइल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा पठाइएको थियो ।