Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

उत्तर कोरियाली र केही रुसीमाथि अमेरिकी प्रतिबन्ध

Thursday, January 13, 2022 National Power

काठमाडौं – अमेरिकाले ८ उत्तर कोरियाली र रुसीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको हो । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो ।‘आजको यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश मात्रै हो ।

उत्तर कोरियाले आम विनाशकारी र ब्यालेस्टिक मिसाइल कार्यक्रम सञ्चालन गर्दै आएको छ ,’ अमेरिकी अधिकारी ब्रायन ई नेल्सनले विज्ञप्तिमार्फत बताएका छन् । ‘उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपण यो मुलुकको हतियार विकासको अर्को प्रमाण हो । त्यसैले अन्तर्राष्ट्रिय समुदायको कुटनीति र परमाणु निशस्त्रीकरणका आह्वानका बावजुद उसमाथि प्रतिबन्धात्मक कार्यक्रमलाई निरन्तरता दिइने छ,’ उनले भने ।

ट्रेजरी विभागले पहिले पनि यस किसिमको प्रतिबन्ध लगाउँदै आएको थियो । यो प्रतिबन्धमा थप एक उत्तर कोरियाली अधिकारी र एक रुसी अधिकारी तथा रुसी सम्पत्ति पनि समावेश छ ।स्थानीय समय अनुसार मंगलबार गरिएको मिसाइल परीक्षणको पूर्ण मूल्याङ्कन गरिने बताइएको छ ।