Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Thursday, January 13, 2022 National Power

काठमाडौं -पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।