Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अत्यावश्यक अवस्थामा स्मार्ट लाइसेन्स चाहिएमा ७ दिनअघि निवेदन दिनुपर्ने

Thursday, January 13, 2022 National Power

काठमाडौं – यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा प्रिन्ट भएको स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिन अनुरोध गरेको छ । विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले आवेदन दिएको ७ दिनपछि मात्रै स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त गर्नका लागि दिएको निवेदन मितिबाट ७ ९सात० दिन पछि मात्र प्रिन्ट प्राप्त गर्न सकिने भएकोले सोही व्यहोरा अवगत गर्नु भई निवेदन दिनु हुन सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागले आफ्नो सूचनामा भनेको छ ।

अति जरुरी अवस्थामा सेवाग्राहीलाई आजको भोलि नै लाइसेन्स चाहिने हुन्छ । तर, विभागमा अत्यावश्यकको नाममा विगतदेखि नै आर्थिक चलखेल गरेर लाइसेन्स छिटो छपाएर दिलाउने गरिएकाले यस्तो सूचनालाई सेवाग्राहीले शंकास्पद रुपमा हेरेका छन् ।

गत पुस १३ गतेदेखि सरकारले रोकिएको सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० छपाइ फेरि थालेको थियो । लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण २०७७ फागुनदेखि रोकेको थियो ।

अब माघ मसान्तसम्म छाप्न बाँकी ४ लाख ५० हजार लाइसेन्सको छपाइ सकिने विभागको दावी छ । विभागले एक वर्षको लागि परीक्षणकालीन भन्दै ट्रायल पास भएकाहरुलाई ‘कागजी’ लाइसेन्स दिन थालिसकेको छ ।