Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

सिंन्दुर हालेर १४ वर्षीय बालिकालाई त्रिशूल हानेर मार्ने माता सहित ३ जना पक्राउ

Tuesday, January 11, 2022 National Power

भक्तपुर-  सिन्धुपाल्चोक घर भइ हाल भक्तपुरको ठिमी बस्दै आएकी १४ वर्षिय रोसनी श्रेष्ठलाई एक जना माताले त्रीशुलले रोपेर मारेकी छिन । काठमाडौ बस्दै आएकी उमा नाम गरेकी ती महिला आफुलाई माता बताउँदै आएकी थिइन् । लामो समय देखी एउटा टहरा भाँडामा लिएर उनले माता भन्दै आफ्नो धन्दा चलाउदै आएकी थिइन् । लकडाउन लागे पछि हातखुट्टा नचल्ने भएकी १४ वर्षकि आफ्नी छोरिलाई आफ्ना आफ्न्ताको सहयोगमा माता भएको ठाउँ ती बालिकाकी आमाले पुर्याएकी थिइन् ।

ती बालिका रोशनिलाई कुटपिट र शरीर भरी त्रिशूल हानेर हत्या गरिएको आरोपमा प्रहरिले ती माता र उनका सहयोगी अन्य २ जनालाई अहिले प्रहरिले पक्राउ गरेको छ । केही हप्ता अघि ती बालिकालाई माताकोमा उपचारका लागि ल्याइएको थियो । उनको घरबाट माता भएको स्थानसम्म ल्याउन लान टाढा हुने भएकोले तिनै माता सगै बालिका रोशनी करिव ३ हप्ता अघि देखि बस्दै आएकी थिइन् । उनलाई केही दिन अघि उनको परिक्षा भएको भन्दै उनकी आमा लिन आए पनि माताले पठाएकी थिइनन् ।

उनलाई मार्ने योजना अघि देखि नै बनाएको हुनाले परिक्षा दिन जान समेत नदिएको हुन सक्ने रोशनिकी ठुलिआमाले बताएकी छिन । आफ्नि छोरी जस्तै अन्य थुप्रैलाई ती माताले हत्या गरेको हुन सक्ने उनको आरोप छ । कतिपय यस्ता थुप्रै घटनाहरु उनिहरुले दबाएको हुन सक्ने भन्दै ती सबै विषयमा छानबिन गर्नु पर्ने रोशनिकी ठुलिआमाले बताएकी छिन । आफुले छोरिको शरीर हेर्दा छोरिको शरिको सम्पुर्ण भागमा निलडाम र त्रीशुलले घोपिएको चोट आफुले देखेको उनको भनाई छ ।

छोरिको निकै बर्बरता पुर्वक हत्या गरिएको भन्दै ती मातालाई मृत्युदण्ड हुनु पर्ने उनको माग छ । फेरि यस्ता घटना अरु कसैले गर्न नसकुन भनेर नै आफुहरुले यस्तो सजायको माग गरेको उनले बताईन । नेपालमा मृत्युदण्डको कानुन नभएता पनि घटनाको प्रकृति हेरेर त्यही अनुसारको सजाय दिनका लागि कानुन परिमार्जित गर्नु पर्ने उनको भनाई छ । आफ्नी छोरिलाई जबर्जस्ती करणी पछि हत्या गरिएको हुन सक्ने पनि उनले आशंका गरेकी छिन ।

आफुले त्यस्तो जबर्जस्ती करणि गरे जस्तो केही नदेखेता पनि जाँच भने गर्नु पर्ने उनको भनाई छ । प्रहरिले ती माता सहित उनिसगँ बस्ने अन्य २ जना सहयोगिलाई पनि अहिले पक्राउ गरि अनुसन्धान भै रहेको बताएको छ । ती बालिकाको शव भने अहिले पोस्टमार्टम’का लागि अस्पतालमा राखिएको छ । उनिहरुले हत्या गरेको स्पष्ट भएको भन्दै सजायको माग आफन्तले गरिरहेका छन । त्यस्तै ती माता बस्ने वरिपरिका स्थानियले पनि ती बालिकालाई माता र अर्का एक सहयोगी मिलेर कुटपिट गरेको बताएका छन ।