Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

भीआईपीमा कोरोना आतंक

Monday, January 10, 2022 National Power

काठमाडौं – भीआइपी तहमा कोरोना संक्रमण भएसँगै मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि क्वारेन्टिनमा छन् । सञ्चारमन्त्री कार्कीले कोरोनाका कारण प्रधानमन्त्री तथा कतिपय मन्त्रीहरु क्वारेन्टिनमा रहेकाले बैठक प्रभावित बनेको बताए । प्रधानमन्त्रीलगायतको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार नियमितरुपमा बस्ने प्रचलन छ ।

कोरोनाको महामारीका सन्दर्भमा क्याबिनेटबाटै पनि कतिपय निर्णयहरु गर्नुपर्ने भएपनि भीआईपीहरु नै प्रभावित बनेका हुन् । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले विद्यालय बन्दगर्नेदेखि विभिन्न १३ वटा सिफारिस गरेको थियो ।