Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भीआईपीमा कोरोना आतंक

Monday, January 10, 2022 National Power

काठमाडौं – भीआइपी तहमा कोरोना संक्रमण भएसँगै मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि क्वारेन्टिनमा छन् । सञ्चारमन्त्री कार्कीले कोरोनाका कारण प्रधानमन्त्री तथा कतिपय मन्त्रीहरु क्वारेन्टिनमा रहेकाले बैठक प्रभावित बनेको बताए । प्रधानमन्त्रीलगायतको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार नियमितरुपमा बस्ने प्रचलन छ ।

कोरोनाको महामारीका सन्दर्भमा क्याबिनेटबाटै पनि कतिपय निर्णयहरु गर्नुपर्ने भएपनि भीआईपीहरु नै प्रभावित बनेका हुन् । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले विद्यालय बन्दगर्नेदेखि विभिन्न १३ वटा सिफारिस गरेको थियो ।