Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !

Monday, January 10, 2022 National Power

काठमाडौं –  नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा ९लाइसेन्स० को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् ।

पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् भने १ हजार १०६ जना अनुत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार बीडीएसतर्फ १७७ जना ९४०।९७ प्रतिशत० र एमबीबीएसतर्फ ८७१ जना ९५०।५८ प्रतिशत० उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार एमबीबीएसतर्फ १७३४ जनाले आवेदन दिएका थिए भने १२ जना अनुपस्थित रहेका र बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित भएका थिए । ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने

काउन्सिलले परीक्षाको नतिजा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने जनाएको छ । पुनर्योगका लागि एक हजार ५ सय दस्तुर बुझाइ परीक्षार्थीको नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने उल्लेख गरेको छ । पुनर्योगका लागि नेपाल एसबीआई बैंक, नेपाल राष्ट्रिय बाणिज्य बैंकमध्ये एउटा बैंकमा काउन्सिलको खाता नम्बरमा जुनसुकै माध्यामबाट दस्तुर बुझाउन सकिने काउन्सिलले जनाएको छ ।