Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !

Monday, January 10, 2022 National Power

काठमाडौं –  नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा ९लाइसेन्स० को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् ।

पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् भने १ हजार १०६ जना अनुत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार बीडीएसतर्फ १७७ जना ९४०।९७ प्रतिशत० र एमबीबीएसतर्फ ८७१ जना ९५०।५८ प्रतिशत० उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार एमबीबीएसतर्फ १७३४ जनाले आवेदन दिएका थिए भने १२ जना अनुपस्थित रहेका र बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित भएका थिए । ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने

काउन्सिलले परीक्षाको नतिजा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने जनाएको छ । पुनर्योगका लागि एक हजार ५ सय दस्तुर बुझाइ परीक्षार्थीको नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने उल्लेख गरेको छ । पुनर्योगका लागि नेपाल एसबीआई बैंक, नेपाल राष्ट्रिय बाणिज्य बैंकमध्ये एउटा बैंकमा काउन्सिलको खाता नम्बरमा जुनसुकै माध्यामबाट दस्तुर बुझाउन सकिने काउन्सिलले जनाएको छ ।