Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

पूर्वयुवराज्ञी हिमानी अमेरिका जाँदै, कमला ह्यारिसलाई भेट्ने प्रयास

Sunday, January 9, 2022 National Power

अमेरिका आएका बेला उनले अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिससँग भेटघाटको लागि प्रयास गरेकी छिन्। स्रोतका अनुसार, ह्वाइटहाउस र स्टेट डिपार्टमेण्टको तर्फबाट केही सकारात्मक संकेतहरु प्राप्त भए पनि भेटघाटको मिति नै तय भइसकेको छैन।

अमेरिकास्थित हिमानी फाउण्डेसन, युएसएले यो भेटघाटका लागि संयोजनको काम गरिरहेको बताइएको छ। त्यस्तै पूर्वयुवराज्ञी हिमानीले न्यूयोर्क बसाइका क्रममा संयुक्त राष्ट्र संघका उच्चअधिकारीहरुसँग पनि भेट गर्ने इच्छा जाहेर गरेकी छिन्। यसका लागि पनि प्रयास भइरहेको बताइएको छ।

स्रोतका अनुसार उनको भ्रमण जनवरी २८ सम्मका लागि तय भएको छ। हिमानीले जनवरी १९ का दिन वासिंगटन डिसी मेट्रो एरियामा हिमानी ट्रष्टको कार्यालय उद्घाट गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी न्यूयोर्कमा जनवरी २६, २७ मा विभिन्न कार्यक्रमहरु तय गरिएका छन्। न्यूयोर्कको कार्यक्रमलाई नेपाली मूलका चर्चित फेसन डिजाइनर प्रवल गुरुङसमेतले सक्रियतापूर्वक व्यवस्थापन गरिहेको बताइएको छ।

अमेरिकामा ओमिक्रोन भाइरसको बढ्दो संक्रमणले उनका पूर्व निर्धारित कार्यक्रमहरुलाई असर गर्ने हो कि भन्ने पनि आशंका निर्मल निवासमा चलेको छ तर सके प्रत्यक्ष भेटघाट नसके जुमका माध्यमबाट भए पनि अमेरिकामा भेटघाटहरुलाई अघि बढाउन सकिने गरी मानसिक तयारी गरिएको छ।

लिंकन स्कूलबाट १२ कक्षा पास गरेका पूर्व नवयुवराज हृदयेन्द्रविक्रम शाहलाई भने बोस्टन,ओहायो वा न्यूयोर्कमध्येको एउटा विश्वविद्यालयका भर्ना गराउने तयारी भइरहेको छ। ‘आजभोलि टुंगो लाग्छ’, निर्मल निवास स्रोतले भन्यो। नेपालमा बेवी किंगको चर्चा चलिरहँदा यिनै हृदयेन्द्रलाई राजगद्दीमा राख्ने कुरा उठेको थियो।

तर,राजसंस्था नै विस्थावित भएपछि नेपालको राजपरिवार सर्वसाधारण नागरिककै रुपमा रुपान्तरित भएको छ । र, पूर्वयुवराज्ञी हिमानी विभिन्न सामाजिक काममा सक्रिय पनि छन्।