Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात : कम्तीमा २२ जनाको ज्यान गयो

Sunday, January 9, 2022 National Power

पाकिस्तानमा हिमपातका कारण कम्तीमा २२ जनाको ज्यान गएको छ । भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तीमा २२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुमध्ये ६ जना बालबालिका रहेका छन् । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात भएको हो । राजधानी इस्लामाबादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीको पहाडी सहर नजिकै फसेकाहरूको उद्धार गरिएको छ । हिमपातले सडक बन्द हुँदा हिउँ खेल्न पुगेका पर्यटक अलपत्र परेका थिए ।

सेनाले सडकमा जमेको हिउँ खाली गर्ने प्रयास गरिरहेको छ । हिमपातले प्रभावित केही क्षेत्रमा आपत्काल घोषणा गरिएको आन्तरिकमन्त्री शेख रसिदले जानकारी दिनुभएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गरी आफू निक्कै मर्माहत भएको उल्लेख गर्नुभएको छ ।