Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

सुदूरपश्चिममा फेरि फैलियो कोरोना : दैनिक १०० बढीमा संक्रमण

Sunday, January 9, 2022 National Power

धनगढी-  सुदूूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुनथालेको छ । भारतमा दैनिक संक्रमणदर वृद्धि हुुँदै गएका बेला त्यहाँबाट फर्किने नेपालीहरूमा संक्रमण देखिनथालेको सुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो केही दिनयता दैनिक कम्तिमा पनि १०० जनामा कोरोना संक्रमण पुुष्टि भइरहेको छ । उनीहरूमध्ये धेरैजसो भारतबाट फर्किनेहरू हुन् ।

प्रदेशमा शनिबार १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाबाहेक १२५ जना भारतबाटै फर्किएका हुन् । कञ्चनपुरको गड्डाचौकी, कैलालीसँग जोडिएको गौरीफन्टा र बैतडीको झुलाघाट नाकामा १३४३ जनाको एन्टीजेन परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा शुुक्रबार पनि १०१ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरूमध्ये ९७ जना भारतका विभिन्न स्थानबाट फर्किएका व्यक्ति भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । बिहीबार पनि १०८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये १०७ जना भारतबाटै फर्किएका रहेका छन् । भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएकाबेला फर्किरहेका नेपाली संक्रमितको संख्यासमेत दैनिक वृद्धि हुुँदै जादा समुदाय स्तरमा फैलिने जोखिम बढेको छ । निर्माणाधीन होल्डिङ सेन्टर अधुरै, संक्रमितको व्यवस्थापनमा चुनौती

कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै सरकारले कैलाली र कञ्चनपुरमा नेपाली सेनामार्फत निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम अधुरै रहेको पाइएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-३ र कञ्चनपुरको भीमदत्त नगरपालिका- १८ मा निर्माणाधीन अवस्थामा रहेका एकरएक हजार मानिस अटाउने क्षमताका होल्डिङ सेन्टरको काम अन्तिम चरणमा रहेको दाबी गरिएको छ ।

निर्माणको काम अन्तिम चरणमा भए पनि आवश्यक पर्ने अन्य समग्रीको व्यवस्थापनमा थप समय लाग्ने देखिएको छ ।होल्डिङ सेन्टर सेन्टर निर्माणकै चरणमा रहेका बेला संक्रमित थपिन थालेपछि व्यवस्थापनमा चुनौती हुन थालेको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको १०० बेडको आइसोलेसन संक्रमितले भरिएको छ ।

आइसोलेसन भरिएपछि थप संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतीका रुपमा देखिएको बताउँदै कार्कीले गेटा मेडिकल कलेज र प्रादेशिक आर्युवेदिक औषधालयको भवनमा व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाए ।

अझै पत्ता लागेन भेरियन्ट

भारतमा ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिरहेका बेला त्यहाँबाट फर्किने नेपालीहरू प्नि कोरोना भाइरस बोकेर आइरहेका छन् । तर यहाँ परीक्षणको व्यवस्था नहुँदा अहिले देखिएको संक्रमण ओमिक्रोन हो वा अन्य कुनै रु भन्ने कुरा छुट्याउन नसकिएको स्वास्थ्य अधिकारीहरू बताउँछन् । तर सामाजिक विकास मन्त्रालयले भने भारतबाट फर्किएर कोरोना संक्रमण देखिएका १६ जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा उनीहरूमा ओमिक्रोन भेरिन्ट पुष्टि नभएको जनाएको छ ।

पुनः थप ११६ जना संक्रमितको नमूना परीक्षणका लागि पठाइएको बताउँदै मन्त्रालयका प्रवक्ता कार्कीले रिर्पोट प्राप्त भइनसकेको जानकारी दिए ।