Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गोली लागेर एक जनाको मृत्यु

Friday, January 7, 2022 National Power

स्याङ्जा- आँधीखोला गाउँपालिका १ भकिम्लेमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँधिखोला गाउँपालिका १ सिरुबारी अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

मृत्यु भएका विकको शव घरदेखि दुई सय मिटर टाढा बारीमा फेलापरेको अधिकारीले बताउनुभयो । त्रिबेणी माथिको जंगलमा भरुवा बन्दुकसहित कुखुरा मार्न गएका सात जनामध्ये चार जना फर्किएको र तीन जना नफर्किएपछि खोजतलास गर्नेक्रममा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा बिकको शव फेला परेको हो ।

घटनास्थलबाट स्थानमा एक थान भरुवा बन्दुक फेला परेको छ भने सँगै गएका दुई जनाको खोजी भइरहेको अधिकारीले बताउनुभयो । जंगलबाट फर्केका चार जनालाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।