Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

उच्चस्तरीय संयन्त्रको बैठक जारी

Thursday, January 6, 2022 National Power

काठमाडौं –  सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बसिरहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ । त्यसै सन्दर्भमा पौडेलले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।