Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

‘कठपुतली’ हेर्न दर्शक बढेपछि मल्टिप्लेक्सले बढाए शो

Sunday, January 2, 2022 National Power

काठमाडौं – शुक्रबारबाट देशभर रिलिज भएको नेपाली चलचित्र ‘कठपुतली’ हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माणपक्षले बताएको छ । शुक्रबार विशेषगरी काठमाडौंमा दर्शकको उपस्थिति सुखद् छ । कोरोना महामारीपछि नेपाली चलचित्र हेर्न दर्शक हलमा नफर्किएको अवस्थामा ‘कठपुतली’ले भने आशा जगाएको छ ।

शुक्रबार काठमाडौंको छायाँ सेन्टरमा यो चलचित्रका लागि एक शो मात्र उपलब्ध थियो । तर, दर्शकको माग आएपछि शनिबार चलचित्रका लागि क्यूएफएक्सले छायाँ सेन्टरमा मात्र ४ शो उपलब्ध गराएको छ । यस्तै, काठमाडौंकै सिभिल, क्यूएफएक्स भक्तपुर, ललितपुरको लबिम मल लगायतका हलमा पनि शनिबारको शो बढाइएको छ । चलचित्र ‘कठपुतली’को वर्ड अफ माउथ समेत सुखद् रहेकाले दर्शक अझै बढ्ने निर्देशक भीमसेन लामाको आशा छ ।

हरर जनराको यो चलचित्र हेर्दा दर्शकले मनोरञ्जन लिएको र नेपालमा पनि हरर जनरामा राम्रो चलचित्र बनेको भन्दै प्रतिक्रिया दिएको निर्देशक लामाले जानकारी दिए । चलचित्रलाई समीक्षक र चलचित्रकर्मीले पनि सुखद प्रतिक्रिया दिएका थिए ।