Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता- २०२१” मा नेपाललाई स्वर्ण र रजत

Friday, December 31, 2021 Devil Singh Rajput

काठमाडौं ।  ढाकामा सम्पन्न अन्तराष्ट्रि स्तरको  फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा समुह तौलतर्फ पुरुष खुल्ला ताैल समूहमा नेपालका सन्देश मानन्धरले स्वर्ण पदक र  नेपालकै राजेन्द्र थापाले रजत पदक प्राप्त गरेका छन। त्यसैगरी महिला खुल्ला ताैल समुहमा नेपालकाे रजनि मल्ल ठकुरी स्वर्ण र नेपालकै पेम्बा लाम्हु शेर्पाले रजत पदक प्राप्त गरेका छन ।

त्यसैगरी ५५ के.जि ताैल समुहमा भारतका विवेक पाैलले स्वर्ण र भारतकै साम दिप दाईमरीले रजत पदक प्राप्त गरे। त्यस्तै ६० के.जि. ताैल समुहमा नेपालका विश्वास कर्मचार्य स्वर्ण तथा नेपालकै किशाेर कुमार डेका रजत पदक प्राप्त गरेका थिए। २७ देखि २९ डिसेम्बरसम्म संचालित उक्त  कार्यक्रमकाे उद्घाटन समारोहकाे प्रमुख अतिथिमा बि.के.एस.पी. का तालिम निर्देशक काेलाेनेल माेहम्मद मिजानुर रेहमान रहेका थिए भने समापन समारोहकाे प्रमुख अतिथि  बि.के.एस.पी.का अर्थ तथा प्रशासन प्रमुख माेहम्मद अन्वर हुसैन उपस्थित थिए ।  हुसेनले बिजेता खेलाडीहरु तथा रेफ्रिहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए । फुलकन्ट्याक्ट कराँते  बिधा तर्फबाट मुख्य जुरीमा नेपालका शिहान प्रेम नाथ श्रेष्ठ , जुरी शिहान अशाेक कुमार श्रेष्ठ तथा गाेविन्द लाल श्रेष्ठ थिए भने मुख्य निर्णायकमा भारतका भाग्यश्वर कउलि रहेका थिए ।

नेपाल क्योकुसिन सेईसिन काइकान कराँते संघकाे तर्फबाट केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशाेक कुमार श्रेष्ठकाे नेतृत्वमा खेलाडीहरु  बङ्लादेशको राजधानी  ढाका प्रस्थान गरेका हुन ।  “अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता- २०२१” मा  सहभागी हुन उनीहरु २८ डिसेम्बरमा बंगलादेश, ढाका प्रस्थान गरेका थिए ।