Sunday 5th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

आकाश भैरव हराएको मूर्ति तत्काल पत्ता लगाई पुनःस्थापना गर्न सम्पदा संरक्षण महाअभियानको माग

Thursday, December 30, 2021 National Power

काठमाडौं- नार्गजुन नगरपालिका सशस्त्र प्रहरीको मुख्यालयसँगै रहेको आकाश भैरव मन्दिरबाट चोरी भएको मूर्तिको खोजी गरी पत्ता लगाउन संरक्षण महाअभियानले माग गरेका ेछ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्पदा संरक्षण महाअभियानले चोरी भएको मुर्तिको खोजी गरी तत्काल पुनःस्थापना गर्न माग गरेको हो ।
कार्यक्रममा बोल्दै सम्पदा संरक्षण महाअभियान अभियन्ता यादव लाल कायस्थले काठमाडौं जस्तो शहरमा दिनदाहाडै मुर्ति चोरी हुनु हाँस्यास्पद रहेको बताए ।

उनले देशकै असाधरण सम्पत्ति चोरी हुँदा समेत सरोकारवाला निकाय चुप लागेर बस्न नहुने बताए । भगवानको मुर्ति चोरहरुलाई पनि कारबाही नभएपछि झन् चोर्न सजिलो भएको भएको भन्दै उनले भने, ‘हामीले पुजा गर्ने भगवानकै मुर्ति चोर्दा त कसैलाई पक्राउ गर्न नसक्ने सरकारले अरु चोरलाई के गर्न सक्छ ? समाजमा यस्ता अपराध कति बढ्दै जाला ।’ नेपालबाट चोरेको मुर्तिहरु अमेरिका र लन्डन पुग्ने गरेको उनको भनाई थियो । ‘एक बट्टा अचार समातिने विमानस्थलमा ठुला–ठुला मुर्ति कसरी छिरे ?’ उनले प्रश्न गरे । त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको मुर्तिको अवस्था आजका दिनसम्म कु्नै जानकारी नभएको उनले बताए । मुर्ति खोज्ने क्रममा छैटौ शताब्दीमा निर्माण भएको ब्रह्मा भगवानको मुर्ति गौशाला प्रहरी कार्यालयमा फेला परेको उनले बताए । उनले भने, ‘प्रहरी कार्यालयमा फोहोर राख्ने ठाउँमा अत्यन्तै दयनिय अवस्थामा ब्रह्माको मूर्ति फालिएको छ, ब्रह्रमाको मूर्ति पुनः स्थापना गरियोस् ।’
कार्यक्रममा बौल्दै गुठियार सागर पुतुवारले भगवानको मूर्ति चोरी भएकोमा दुख लागेको सुनाए । उनले ३ जना चोरहरु आएर मन्दिरको पुजारीलाई डर र मार्ने धम्की दिएर मुर्ति चोरी गरेको बताए । उनले भने,‘पुजारीलाई मार्छु, काट्छु भनेर उहाँकै अगाडी ३ जना चोरेर आकाश भैरवको मुर्ति लगे ।’
गुठियार पुरुषोत्तम महर्जनले हिरण्य कसपु र विष्णुभक्त प्रलादको कथा सुनाएका थिए । उनले मुर्ति चोरेर विदेश पठाउन नसकेपछि चोरहरुले यत्रतत्र फाल्ने गरेको बताए ।
कार्यक्रममा गुठीयार रघुराज राज भण्डारीले सास्कृतिक सम्पदा र मौलिक संस्कृतीसँग गुठी पनि जोडिएको सुनाए । नेपाललाई चिनाउने नै सांस्कृतिक सम्पदा भएको भन्दै उनले सम्पदाको संरक्षणमा सबै जुट्नु पर्नेमा उनले जोड दिए । नेपालीको आस्था र भरोसासँग जोडिएको सांस्कृति सम्पदा हराएकोमा उनले आपत्ति जनाए । नेपालको अमुल्य निधि हराउनुको कारण अब खोज्नुपर्ने दिन आएको बताउँदै उनले भने, ‘यो फ्याक्टरले नेपालको पहिचान बनाएको संस्कृति नै हराउँदै गएको छ ।’
अधिवक्ता जुजुकाजी महर्जनले सास्कृतिक सम्पदाले भरिपुर्ण देश नेपालमा मुर्ति चोरी हुनु अत्यन्तै लाजमर्दो भएको बताए । महर्जनले मुर्ति चोरीमा सम्लग्नलाई खोजी गरी कारवाही गर्न सरकारसँग माग गरे । कलियुगमा यस्तै पाप मात्र हुने रैछ भन्दै उनले मुर्ति खोजी गरी पुनःस्थापना गर्नुपर्नेमा जोड दिए । उनले हराएका जति मुर्ति अझै नभेटिएको पनि बताए । मुर्ति चोरी गर्नेलाई तोकिएको कारवाही कम भएको उनको भनाई थियो । उनले भने, ‘मुर्ति चोरी गर्नेलाई २ वर्षदेखि ७ वर्ष सम्म जेल र २० हजार रुपैयाँ सजायको व्यवस्था छ । तर, यो अझै सजाय अपुग भएको छ ।’ अझै सजाय थप गर्नुपर्ने उनले धारणा राखे ।