Wednesday 15th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

‘धुर्मुस–सुन्तली’को सम्पत्तिको छानबिन  गर्न माग

Wednesday, December 29, 2021 National Power

काठमाडौं –  सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’भित्र पलाएको महत्वकांक्षाले हजारौँ सर्वसाधारणले दिएको करोडौँ रुपियाँ बराबरको चन्दाको रकम डुबेको छ ।कलाकार भएर कलाको पूजा गर्नुपर्ने ‘धुर्मुस–सुन्तली’ले समाज सेवाका नाममा ठगी धन्दा चलाएका छन् । उनीहरूको ठगी धन्दाको छानविन गरेर कारबाही गर्नुपर्छ ।

उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने नाममा करोडौँ रकम चन्दा उठाएका छन् । चन्दाको ठगी धन्दापछि रंगशालाको स्वामित्व लिनुपर्ने भन्दै धुर्मुस–सुन्तलीले भरतपुर महानगरपालिकासँग आग्रह गरेपछि हजारौँ सर्वसाधारणसँग उठाएको रकम फिर्ता गर्न पनि माग उठेको छ । व्यक्तिगत चाहना पूरा गर्न उनीहरूले उठाएको चन्दाको हिसाव किताव सार्वजनिक गर्नुपर्छ । उनीहरूले रंगशालाका नाममा उठाएको रकम र खर्च विवरणको अडिट गरेर अडिट रिपोर्ट सार्वजनिक गर्नुपर्छ । रकम हिनामिना भएको रहेछ भने ‘धुर्मुस–सुन्तली’लाई पाता कसेर कानूनअनुसार दण्ड सजाय दिनुपर्छ ।

‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले अरु कति पैसा संकलन गरेको छ सबै जानकारी दिनुपर्छ ।ठूलो रंगशाला बनाउने मोहमा धुर्मुस–सुन्तलीले फाउन्डेसनलाई अगाडि ल्याएर चन्दा संकलन गर्न थाले । उनीहरूले चन्दा संकलन कति गरे खोल्नुपर्छ । फेसबुकमा लेखेको भरमा ‘धुर्मुस–सुन्तली’लाई उन्मुक्ति दिनु हुँदैन ।

भरतपुरको रामपुरमा रहेको कृषि विश्वविद्यालयको जमिनमाथि ‘धुर्मुस–सुन्तली’ले ठूलो खेलवाड गरेका छन् । भरतपुरकी मेयर रेणु दाहालले विश्वविद्यालयको जमिन हडप्न पाउँदा निकै गर्वका अभिव्यक्तिसमेत दिएकी थिइन् । मेयर दाहालले रंगशालाका नाममा चितवनमा म च्चा एको आ तं कको हिसाव–किताव दिनुपर्छ ।

अब अहिले विश्वविद्यालयको जग्गामा बनिरहेको क्रिकेट स्टेडियमको काम कति सकियो रु कसरी कति बनाइयो रु कस्ता सामान प्रयोग गरिएको छ रु गुणस्तर के छ ? भन्ने विषयमा कसैलाई थाहा छैन ।३ अर्ब ५४ करोड रंगशालाको अनुमानित लागत हो । अहिलेसम्म ५४ करोड नगद र १६ करोड ऋणमा ३५ प्रतिशत काम सकिएको दाबी कट्टेलको छ । यसको आर्थिक आयव्ययको लेखा परीक्षण, निर्माण पूर्वाधारको अवस्थाबारे आम मानिसलाई जानकारी दिनुपर्छ ।मिडियाबाजीको भरमा, चन्दा उठाएर धुर्मुस सुन्तलीले जे गर्न खोजे, जे भ्रम गर्न खोजे गम्भीर प्रश्न उठाएको छ ।रंगशाला बनाउने भनेर चन्दा उठाएर काम बन्द गरेर भाग्न लागेका धुर्मुस–सुन्तलीको सम्पत्तिको छानबिन पनि हुनुपर्छ ।

चन्दा उठाएर समाजसेवा गरेको भरमा जसले जे गर्दा पनि छुट दिनु हुँदैन ।सामाजिक सञ्जालमा धुर्मुस–सुन्तलीलाई कारबाहीको माग उठेका छन् । विभिन्न अनलाइनहरूमा कारबाहीको माग गरेर आर्टिकलहरू पनि आइरहेका छन् । उनीहरूको सम्पत्तिमाथि छानविन गर्न पनि माग उठेका छन् ।

सीताराम कट्टेल अथात ‘धुर्मुस’ एमाले समर्थक हुन् । कुञ्जना घिमिरे अर्थात ‘सुन्तली’ माओवादी समर्थक हुन् । सुन्तलीकी आमा स्थानीय तहको निर्वाचनमा गोदावर नगरपालिकामा माओवादीबाट उप–मेयरको उम्मेदवार बनेर पराजित भएकी थिइन् । धुर्मुस–सुन्तलीहरू कम्युनिस्टलाई फाइदा हुने गरेर काम गर्दै आएका छन् । उनीहरू कम्युनिस्टका कार्यक्रममा बेलाबेला देखिने गरेका छन् ।

रिपब्लिका दैनिक बाट