Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काँग्रेस रुकुममा पद बेचेको ६ लाख ५० हजार गायब भएपछि झण्डै कुटाकुट ….

Wednesday, December 29, 2021 National Power

रुकुम – नेपाली काँग्रेस रुकुमको जिल्ला अधिवेशनमा विभिन्न पदहरुमा भएको किनबेच काण्ड अझै सेलाएको छैन ।केन्द्रीय महाधिवेशन सम्पन्न भइसक्दा पनि जिल्ला अधिवेशनमा भएको किनबेचको हिसाब भद्रगोल भएपछि विवाद सतहमा पुगेको छ । विषेश गरि महाधिवेशन प्रतिनिधि पदमा भएको किनबेचको हिसाब किताबमा पारदर्शिता नभएको भन्दै व्यक्ति व्यक्ति बिच हिसाब मागामाग भएको भइरहेको छ ।जिल्ला हुदै काठमाडौ सम्म महाधिवेशन पद बेच्ने कार्यमा अग्र स्थानमा देखिएका हालै दलित कोटा बाट केन्द्रिय सदस्यमा निर्वाचित मान बहादुर नेपाली माथि लाखौं रकम हिनामिना भएको आरोप लागेको छ ।

उक्त रकम बारे फेस गर्न मान बहादुरलाई हम्मेहम्मे परेको छ ।यस पटक सहमतिका नाममा जिल्ला अधिवेशन बाट विभिन्न पदहरु राम्रा मान्छेलाई पन्छाएर मान बहादुर लगाएतका नेताहरुको अगुवाइमा ५ देखि २० लाख सम्ममा बेचिएको थियोे ।यस्तो कार्यमा मान बहादुर निकै जेलिएको स्रोत बताउँछ ।यो अधिवेशन बाट मान बहादुरले ३० देखि ३५ लाख सम्म आम्दानी गरेको काँग्रेस रुकुमका एक नेता बताउँछन् ।

यहि विषयमा गएको शनिबार काठमाडौ बसुन्धारा धापासीमा रहेको जिल्ला सभापति प्रेम प्रकाश ओलीको निवासमा हिसाबकिताब मिलान सम्बन्धि भेला भयो ।उक्त भेलामा केन्द्रीय सदस्य मान बहादुर नेपाली ,सभापति प्रेम प्रकाश ओली, जिल्ला स्तरका नेता धिरेन्द्र बटाला र आठबिसकोट नगरपालिका काँग्रेस सभापति अमृत बोहरा९हरियाली ० सहभागी थिए । करिब २० लाख रुपैया हाराहारीमा महाधिवेशन पद किनेका ललित शाहीले आठबिसकोट नगरपालिकाको तरुणदललाई दिएको ६ लाख ५० हजार हिनामिना भएको कुरा उठ्यो ।

मान बहादुर नेपाली मार्फत ललित शाहीले दिएको ६ लाख ५० हजार रुपैया कहाँ गयौं भनेर नगर सभापति अमृत बोहराले प्रश्न उठाए ।किन भने उक्त रकम बोहराकै नगरपालिकाका तरुणदलको पोशाक खरिदको लागि दिइएको थियोे ।तर सम्बन्धित ठाउँमा नपुगेपछि अमृतले उक्त कुरा उठाएका थिए ।

पैसाको हिसाबकिताब खोज्न थालेपछि मान बहादुरले सिधै उक्त पैसा मैले खाए,म केन्द्रीय सदस्य भए ,अब मलाई जिल्लाका कोहि नेता कार्यकर्ता कसैको आवश्यक नभएको जवाफ दिए ।यो सुन्ने बित्तिकै आठबिसकोट नगरपालिका नगर सभापति अमृत बोहरा जंगिदै बसेको कुर्सी उठाएर मान बहादुरलाई बजाउन खाजे ।त्यहि बेला सभापति ओली र धिरेन्द्र बटालाले अमृतलाई सम्झाउदै रोके ।उक्त घटना काँग्रेस रुकुम भित्र अहिले चर्चाको विषय बनेको छ ।त्यसपछि अवस्था असामान्य बनेपछि उक्त छलफल उतिबेला नै सकियो ।यो घटनाले जिल्लामा ठुलै रुप लिने संकेत गरेको छ ।

जिल्ला अधिवेशनमा मनपरि गरेको ,राम्रा नेता तथा कार्यकर्ताको अपमान गरेको ,पाटीका विभिन्न पद बेचेर बदनाम गरेको भन्दै गाउँ तथा नगर समितिले गोपाल जि शाह ,कृष्ण रोकाय ,मान बहादुर नेपाली लगाएत चार जना नेताहरूलाई गाउँ प्रवेशमा निषेध गर्ने तयारी गरेको स्रोत बताउँछ ।त्रिवेणी गाउँपालिका,सानोभेरी गाउँपालिकाले यी नेताहरूलाई निर्णय गरेरै गाउँ प्रवेशमा निषेध गरेको खबर सार्वजनिक भइसकेको छ ।यस्तै आठबिसकोट र बाँफिकोटले पनि उक्त तयारी गरेको स्रोतले बताउँछ ।यी नेताहरूले काँग्रेस रुकुमको इतिहासमा आर्थिक लोभमा परेर यति बदनाम गरेका छन् यिनलाई किन गाउँमा आउन दिने रु एक गाउँपालिका सभापति प्रश्न गर्छन् ।

विवादित मान बहादुरबन्दै

राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष समेत रहेका मान बहादुर नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भए पनि
यतिबेला निकै विबाद र आलोचनाको पात्र बनेका छन।उनको जित प्रति जिल्ला स्तरका कुनै पनि नेता कार्यकर्ता खुसि छैन ।त्यसै कारणले पनि होला मान बहादुरको व्यवहार अस्वभाविक छ ।सानातिना कुरामा मान बहादुरको उन्माद र अनुशासन समेत गुम्दै गएको स्रोत बताउँछ ।

गत पौष ७ गते काठमाडौ मल अगाडी बिच सडकमा गाडी रोकेर कुरा गरिरहेको बेला ट्राफिक प्रहरीले त्यसो नगर्न भन्दा प्रहरीलाई अश्लिल शब्दमा गाली गरेपछि प्रहरीले गाडी बाट ओरालेर १ घण्टा बाटोमै उभ्याएको थियोे ।हामी गृहमन्त्रीको मान्छे भन्दै ट्राफिक नियम उलंघन गरेपछि प्रहरीले कारबाही स्वरुप बाटोमै उभ्याएको प्रतिक्षदर्शि बताउँछन् ।