Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

कलियुग अन्तिम अवस्थामा पुगेको ऊँ शान्ति धर्मालम्बी गुरुहरुहरुको भनाई, सत्ययुगमा प्रवेश गर्न परआत्माको ज्ञान लिनुपर्ने सुझाव

Friday, December 24, 2021 National Power

काठमाडा – ऊँ शान्ति धर्मलम्बी गुरुहरुहरुले कलियुग अन्तिम अवस्था पुगेको धारणा राखेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गुरुहरुहरुले कलियुग अन्तिम अवस्थामा पुगेर सतयुगमा प्रवेश गर्न लागेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै राजयोग प्रशिक्षक इन्द्रबहादुर चन्दले विश्व तथा देशभर मानिसहरुमाथि अत्याचार र अन्याय भएको भन्दै दुःख र अशान्ति मेटाउने तरिका परआत्माले मात्रै सिकाउने बताए ।
उनले मनलाई शान्ति राख्न र सम्पुर्ण समस्या हटाउन ब्रह्माकुमारी राजयोग सेवा केन्द्रअन्तर्गत ईश्वरी विश्वविद्यालयमा पुगेर ७ दिनको कोष लिनसमेत आग्रह गरे । विश्वविद्यालयले ७ दिनको कोषमा सामान्य ज्ञान दिने उनले बताए । उने परआत्मा सबै आत्माको भगवान भएको जिकिर समेत उल्लेख गरे । उनले ईश्वरी विश्वविद्यायलको केन्द्रीय कार्यालय ठमेलमा रहेको जनाए । यो संसार परिवर्तनशील छ भन्दै उनले यो संसार अब बैष्णव हुने पनि बताए।
उनले परआत्मा भगवान गीताको दाता, शान्तिको दाता र आत्माको परिचय भएको सुनाए । उनले भने,‘मानिसहरुले निधारमा टिका लगाउनुको अर्थ आत्मा त्यही हुन्छ भन्ने हो । शरीरभित्र हुने आत्मा हो । परआत्मा निकारार हुनुहुन्छ ।’ निधारको बिचमा हुने आत्मालाई कसैले देख्न नसकिने उनले बताए ।
‘मन, बुद्धि र संस्कार गरेर आत्माको ३ भाग हुन्छन्, हाम्रो शरिरमा आत्मा रहन्छ । आत्मा विना शरीर चल्न सक्दैन् । आत्मा निस्केपछि मानिस मर्छ । ३ लोकहरु पृथ्वी, ब्रम्ह, विष्णु हुन् ।’ उनले भने । ‘परमधामबाट हामी यहाँ आएका हौ । संसारको सबै आत्माहरु परिवर्तनशील छन् । संसार विनासतर्फ अगाडि बढिरहेको छ ।’
नेपालमा जातीय द्धन्द्ध बढिरहेको आरोप लगाउँदै संसारमा कुनै जात नभई केवल मानिसमात्रै हुने उनको भनाई थियो । ईश्वरी आचरणमा जन्मिनेलाई ब्राम्हण भनिने उनले उल्लेख गरे । मानिसको वर्गीकरण जातिय नभई आचरणको आधारमा हुनुपर्नेमा उनले जोड दिए ।
जो कोहीलाई पनि ब्राह्मण बन्ने अवसर ईश्वरी विश्वविद्यालयले मात्र दिने उनको भनाई थियो । मासिसहरुले आफ्नै परआत्मालाई नचिनेको हुनाले त्यसैमा रुमलिएको उनको आरोप थियो ।
देशमा भइरहेको जातिय द्धन्द्धको अन्त्य ईश्वरी विद्यालयले मात्रै गर्नसक्ने उनले बताए ।
सम्पुर्ण मानिसहरु सुख र शान्ति लिन चाहेमा वा दुःखबाट मुक्ति पाउनको लागि आफ्नो विश्वविद्यालयमा आउनपनि उनले सुझाव दिए । उनले भने,‘पहिलो अज्ञानता भनेको आँफैले आफ्नो आत्माको बारेमा नजान्नु हो ।’
मानिसहरुलाई ज्ञानको बारेमा जानकारी नहुँदा सबैभन्दा संसारमा धेरै दुःख भएको उनको भनाई थियो । उनले भने,‘अज्ञान र अन्धकार हटाएर सबैसँग मिलेर बस्न र द्धन्द्ध भएको विषयमा ज्ञान दिने भनेको परआत्मा नै हो । परआत्माले नयाँ संसारको आधा संसार देखिसक्नु भएको छ ।’
शिव भगवान नै संसारको रचयिता भएको उनले बताए । उनले भने,‘विष्णु भनेको लक्ष्मी नारायण भगवानको प्रतिक हुन् ।’ पृथ्वीमा सृष्टिको आयु ५ हजार वर्षको हुन्छ भन्दै उनले ५ हजार वर्ष पछि नयाँ इतिहास परिवर्तन हुने बताए । अब सृष्टि परिवर्तन हुने क्रममा रहेको बताउँदै कलियुगको अन्त्य हुन लागेको बताए । उनले भने,‘अब परत्माको ज्ञान लिएपछि मात्र सतयुगमा प्रवेश गर्नलायक हुनेछौं । सतयुगको १२५० वर्ष आयु रहनेछ । द्धापर युग पनि १२५० वर्ष रहन्छ ।’
राजयोगका सदस्य रमेश थापाले नेपालमा ब्रह्मकुमारीको १ हजारभन्दा बढी संस्थाहरु रहेको जानकारी दिए । उनले पनि कलियुगको आयु लाखौं वर्ष भएपनि अब युग परिवर्तन हुन लागेको बताए । उनले भने,‘संसार परिवर्तनशील छ, बच्चा, युवा र बृद्धा हुँदै मरेर फेरी जन्म लिन्छौं । त्यस्तै सृष्टिको पनि प्रक्रिया हुन्छ । सृष्टि पनि परिवर्तन हुन्छ ।’
संसारको हालत अहिले कुम्भकर्णजस्तो भएको आरोप लगाउँदै उनले भने,‘संसार अहिले निन्द्रामा सुतिरहेको छ । कलियुग अब बच्चा छैन्, अब यो केही वर्षमात्र रहन्छ। कलियुग अन्तिम अवस्थामा पुगेको छ ।’
मानिसहरुमा भएको लोभ, लालच र पापको कारण आज संसारभर समस्या भएको उनले सुनाए । आत्मालाई सक्रिय बनाउन परआत्मासँग कनेक्सन गर्न आवश्यक रहेको उनको भनाई थियो । घर, परिवार र आफन्तलाई छाडेर परआत्माको ज्ञान लिन उनले सबैलाई आग्रह गरे । उनले भने,‘आत्मा एक अजर, अमर र अविनासी रहेको छ ।’