Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बिनय कार्कीको सालको पातमा देखिए पहिलोचोटी म्याकुरी दम्पती

Monday, December 20, 2021 National Power

काठमाण्डौ –  भ्वाईस अफ नेपालबाट भुमो गायकका रुपमा चर्चित बिनय कार्कीले आफ्नो नयाँ गीत सालको पात सार्वजनिक गरेका छन । डेढ दशकदेखि सांगितिक क्षेत्रमा कृयाशील गायक बिनय कार्की बिनय के टुको नामले चर्चित छन भने कार्कीले भ्वाइसमा आफ्नो कलाको जादु छरेपछी विगतलाई फर्केर हेर्नु नपरेको कुरा सुनाए ।

बिक्रम के सि को शब्द तथा गायक कार्कीको आफ्नै संगीत तथा एरेन्जमा तयार पारीएको यस् गीतको भिडियोमा अहिलेका चर्चित हास्य कलाकार पवन खतिवडा(म्याकुरी)को अभिनय देख्न सकिन्छ भने उनलाई उनकै जीवनसाथी सुमिना खालिङले अभिनयमा साथ दिएकी छिन । यी दम्पतीको हालै यही मंसिरमा विवाह भएको हो भने यी दुई साथमा अभिनय गरेको यो पहिलो म्युजिक भिडियो पनि हो । यी जोडी अहिले मिडियामा भाईरल जोडीको रुपमा पनि चर्चित छन । त्यस्तै जि बि चिरन, सुरेश खोली, बबिता न्यौपाने लगायतको पनि अभिनय भिडियोमा देख्न सकिन्छ ।

आरोही इन्टरटेन्टमेण्टको प्रस्तुति रहेको भिडियोलाई शशान कंडेलले निर्देशन् गरेका छ भने छांयाकन बुद्ध थापा, सम्पादन बिकास दाहाल तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ ।