Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बनेपाका युवाले रन्जितलाई भने तपाईं अगाडि बढनुहोस हामी तपाईंको साथमा छौ 

Sunday, December 19, 2021 National Power

 काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जित बनेपाका युवाहरुको प्रेरणाको श्रोत बन्नु भएको छ ।
बनेपाली युवाहरुले जुनसुकै कार्यको सुरुवात गरे पनि उनीहरुले रन्जितसँग सल्लाह, सुझाव र परामर्श लिने गरेको पाइएको छ ।

बनेपाका युवा खेलाडीहरुले आज एक कार्यक्रमका बीच भेटघाट गरेर सल्लाह लिएका छन् । धुलिखेलमा हुने लागेको मेयर फुटबल प्रतियोगितामा भाग लिएका बनेपा नगरपालिका ९ बनेपा टिम बाट प्रतिनिधित्व गरेका युवाहरुले भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन् ।

उनीहरु धुलिखेलमा सुरु भएको धुलिखेल मेयर कप फुटबल प्रतियोगिता सहभागी हुन लागेकोले भेटघाट गरेका छन् । उक्त खेल आकाश भैरब क्लबको आयोजनामा सुरु भएको छ ।           

उक्त टिमको क्याप्टेन निर्माल घिसिङले भने रत्न कुश रन्जित दाजुको प्रेरणाले नै हामी अधि बढेका छौँ । उहाँले दिएको सल्लाह र सुझाव नै हाम्रो टिमका लागी प्रेरणाको श्रोत बन्न पुगेको छ । हाम्रो जितको लागि उहाँले राम्रो मार्गनिर्देशन गर्नु भएको छ । उहाँको साथ हामी कहिले छोडने छैनौ उहाँलाई जस्तोसुकै परिस्थितमा पनि हामी युवाहरु सकेको सहयोग गर्ने छौँ ।

बनेपा नगरपालिका वडा नं. नौ बनेपा टिमका खेलाडीहरु लाई समाजसेवि रत्न कुश रंन्जितले धुलिखेलमा चलिरहेको फुटबल प्रतियोगितामा सहभागी खेलाडीका लागि जर्सी सहयोग गर्नु भएको छ । खेलाडीहरु लाई जर्सी सहयोग गर्दै रन्जितले भन्न भयो केहि समस्य परेमा मलाई सम्झनुहोस म तपाईंहरुको लागि सकेको सहयोग गर्ने छु । स्थानीयस्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्दै आउनु भएको रन्जितले जर्सी सहयोग गरेकोमा खेलाडीहरुले धन्याबाद ज्ञापन गरेका छन् ।

मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) गरेका हुन् । उद्घाटन पछिको पहिलो खेल काठमाडौ युनिभर्सिटी धुलिखेल र एफसी रिले भक्तपुर बीच भएको थियो ।