Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ग्लोबल कलेज र फ्रक्सजवबीच एचआर कन्क्लेभ गर्ने बिषयमा सहकार्य सम्झौता

Sunday, December 19, 2021 Devil Singh Rajput

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल र फ्रक्सजवबीच आपसी सहकार्य गर्ने बारे सम्झौता भएको छ । जनवरी १४, २०२२ मा एचआर कन्क्लेभ आयोजना गर्न ग्लोबल कलेज इन्टरनेशनलले फ्रक्सजवसँग सम्झौता गरेको हो । ग्लोबल कलेज इन्टरनेशनलका प्राचार्य डा. करणसिं ठगुन्ना र फ्रक्सजवका म्यानेजिङ डाइरेक्टर बिमल कँडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताको मुख्य उदेश्य मानव संसाधन व्यवस्थापनमा गुणस्तरीय संस्कृतिको महत्व बुझ्नका लागि एचआर कन्क्लेभ आयोजना गर्नु रहेको छ । जसले संस्थाले कसरी नविन विचारका साथसुधार गरिरहेका छन् भन्ने बुझ्न सहयोग गर्छ । दुई संस्थाबीचको सहकार्यले मानव संसाधनका क्षेत्रमा नेपालको बजारमा उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । जहाँ शिक्षाविद र कर्पोरेटहरु एकैसाथ सहभागी हुनेछन् । शिक्षालाइई व्यवहारिक बनाउन पनि दुवै पक्षबाट प्रयास गरिने उल्लेख गरिएको छ ।

]हस्ताक्षर कार्यक्रममा आइक्युएसीका निर्देशक डा. देवराज पनेरु, ग्लोबल कलेजका ग्रयाजुएट स्टडिन र सेन्टर फर प्रोफेसनल डेभलपमेन्टका निर्देशक डा. अक्षय अरोरा, फ्रक्सजवका बिजनेश कोअर्डिनेटर सुशील सहभागी थिए । विद्यार्थीका लागि नेपालका मात्र नभई अन्तर्राष्ट्रियस्तरका स्रोत उपलब्ध गराउने प्रतिवद्धता कलेजले गरेको प्रिन्सिपल डा. ठगुन्नाले बताए । यसबाट विद्यार्थीले धेरै भन्दा धेरै फाइदा लिन सक्ने कलेजको प्रक्षेपण छ । फ्रक्सजवका म्यानेजिङ डाइरेक्टर बिमल कँडेलले सम्झौताले दुई संस्थाबीचको सम्वन्ध स्थापित मात्र नगरि महामारीको यस समयमा तालिमको उपयोगितालाई पनि प्रवद्र्धन गर्ने बताए ।