Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काँग्रेसमा सभापतिसहित ८ पदाधिकारी निर्वाचित, देउवा पक्षको बहुमत

Friday, December 17, 2021 National Power

काठमाण्डौ – नेपाली काँग्रेसका १३ जना पदाधिकारी (निर्वाचित) मध्ये ८ जनाको नतिजा सार्वजनिक भएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला पूर्ण टिमका साथ प्रतिस्पर्धामा उत्रिएका थिए । यस्तै प्रकाशमान सिंह र विमलेन्द्र निधि समूहबाट पनि सभापति, उपसभापति र महामन्त्रीमा उम्मेदवार खडा भएका थिए । सभापतिका प्रत्यासी कल्याण गुरुङ भने एकलै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

शुक्रबार विहानसम्म एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ३ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । जसमा देउवा समूहले सभापति, १ उपसभापति र २ सहमहामन्त्री ४ पदाधिकारी जितेको छ । यस्तै कोइराला समूहले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित ३ जना पदाधिकारी जितेको छ । सभापतिमा पहिलो चरणका प्रत्यासी सिंह प्यानलबाट एक जना महामन्त्री विजयी भएका छन् ।

दोस्रो चरणको मतदानपछि बुधबार विहान सभापतिमा शेरबहादुर देउवा पुन निर्वाचित भएका छन् भने सोही दिन राति उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । खड्का देउवा प्यानल र गुरुङ कोइराला समूहबाट उपसभापतिमा निर्वाचित भएका छन् । यस्तै बिहीबार अपरान्ह आएको मत परिणाम अनुसार महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापा कोइराला प्यानलबाट र शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा निर्वाचित भएका छन् । सभापतिका लागि देउवालाई दोस्रो चरणमा साथ सिंह र शर्मा साथ दिएका थिए । यसअघि शर्मा देउवा नेतृत्वको केन्द्रीय समितिमा प्रवक्ताको भूमिकामा थिए । शर्माको उपसभापति खड्का र शर्माबीच ‘केमिस्ट्री’ मिल्ने भएकाले पनि शर्मा देउवा पक्षमै उभिने अनुमान छ ।

बिहीबार राति सकिएको मतगणनाबाट सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी–जनजातितर्फ भिष्मराज आङ्दाम्बे, दलितर्फत जीवन परियार निर्वाचित भएका छन् । उपाध्याय र आङदाम्बे देउवा समूह र परियार कोइराला समूहबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । अहिले बाँकी पाँच जना सहमहामन्त्रीको मत गणना जारी छ । एक जना कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।