Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अन्तराष्ट्रिय भनेर नाम जोडे पछि नेपालीहरूको लागी ओस्कार अवार्ड भन्दा पनि ठुलो लाग्छ

Sunday, November 28, 2021 National Power

गायक कृष्ण काफ्ले आफु भन्दा साना साना भाईबहिनिहरूले साथी भन्दै हिडछन्, मेरै उमेरका तर दारी कपाल फुलेका आधा उधी तालु खुईलेका र गाला चाउरी परेका साथीभाईहरू, मित्रहरूले भाई भन्दै हिड्छन, उहाँहरूलाई थाहा नभएर होला अरूलाई खसालेर बोल्दा आफु भयंकर ठुलो भएको ठान्छन जुन एउटा घातक रोग जस्तो अपाहिज सोच पनि हो । कतिपय कुरा सुन्न र सहन नराम्रो महशुस भयपनि आँफु स्लिम फिट भएकोमा खुशी लाग्छ ।
प्रायजसो नेपालीहरूले उमेरको अड्कल यसरी गर्ने कुरा पुष्टिभएको छ भुडी लायको, दारी कपाल पालेको अनि फुलेको साथै तालु खुईलेको सिद्धै दाई पर्छन अरू त म जस्तै कुरो बुझिहाल्नु भयो नि ।
कहिल्य काँहि त यस्तो सोच आउछ कि मैले पनि स्लिम फिटको अवार्ड आयोजना गरेर त्यहीँ माथी बर्षकै उत्कृष्ट य होईन होईन नेपालकै उत्कृष्ट अझै पनि चित्त बुझेन यो त मेरै गोजीको अवार्ड पो त मैले जे गर्छु त्यो सबै हाम्रो कलाकारीता क्षेत्रले कस्तो मज्जाले ट्वाल्ल परेर हेर्दै ताली बजाउदै बधाईको ओईरो लाग्दा कति मज्जा आउछ त्यसैले (International Award) अन्तराष्ट्रिय अवार्ड भनेर नाम जोडे पछि नेपालीहरूको लागी ओस्कार अवार्ड भन्दा पनि ठुलो अवार्ड भैहाल्यो नि रह्यो कुरा जुरीहरूको अवार्ड आयोजना गरेको सुन्ना साथ उल्टै पैसा तिर्न आउनुहुन्छ पैसा पनि टन्नै कमाई हुने अझै अमेरीका जाने हैसीयत भयका जुरीहरूले निर्णय गरेको कुरा नेपाली गीत संगीत तथा चलचित्र उध्योग का कलाकारहरू साथै बिभिन्न संघ संस्थाहरूले कसरी नकार्न सक्थे र बिचरा किनकि यस्ता कार्यक्रमहरू त नेपालमा भयको धेरै राम्रो हो हामी त खुशी हुनु पर्छ अझै यस्ता कार्यक्रम त अझै हुनु पर्छ भन्दै उल्टै बधाई माथी बधाई यसरी दुनियाँलाई उल्लु बनाएर International Slim Fit Award जितेरै  देखाईदिन सकिन्थ्यो तर समस्या यस्तो गर्न आफैलाई लाज लागेर आयो सबै भन्दा ठुलो उल्लु आफै भईन्छ भन्ने कुराले झस्क्यायो त्यैसैले मैले अवार्ड नगर्ने घोसणा गर्दछु ॥