Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

निर्देशक हेमप्रभासको निर्देशनमा सम्झौता सार्वजनिक (भिडिययो सहित)

Friday, November 26, 2021 National Power

काठमाण्डौ – सरला श्रेष्ठको शब्दरचना, कृति न्यौपानेको संगीत तथा शिव परियारको स्वरमा सम्झौता बोलको गीत सार्वजनिक भएको छ । प्रेममा घातप्रतिघातको अवस्था सिर्जना भएपछि कयौँ युवायुवतीहरूको सुन्दर जीवन भताभुंग हुन सक्ने भएकोले विश्वासमाथि खेलबाड गर्नु नहुने तितो सत्यलाई भिडियोले कलात्मक कथावस्तुका साथ प्रस्तुत गरेको छ ।

आकाश श्रेष्ठ र गरिमा शर्मा अभिनीत भिडियोमा रामकुमार के.सी.को छायांकन, शर्मिला सुनुवारको सौन्दर्य विन्यास, सन्तोष राजबहाकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएसआर डिजिटलको अफिसियल युट्यब च्यानलबाट सार्वजनिक भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।