Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ढुंखर्क फुटबल क्लबलाई तेस्रो बेथानचोक अध्यक्ष कपको उपाधि

Thursday, November 11, 2021 National Power

 

काभ्रेपलान्चोक –बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आज ढुंखर्क फुटबल क्लबले तेस्रो बेथानचोक अध्यक्ष कप वडा स्तरिय फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।

गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा वडा नं ४ को आनन्द जीवन युथ क्लबलाई २–१ ले हराउँदै वडा नं २ को ढंखर्कले उपाधि जितेको हो । उक्त खेलको दुवै गोल सुजन केसीले गरेका थिए । खेल निकै रोमान्चित भएको दर्शकहरुले बताएका छन ।

विजेता, उपविजेता टोलीका खेलाडीलाई बेथानचोक गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले पुरस्कृत वितरण गर्नु भएको थियो । बिजेता ढुंखर्क लाई ५० हजार, दोस्रो आनन्दले २५ हजार र तस्रो टोली बेथानचोक ५ को च्याल्टी युथ क्लबले १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

आनन्दका अनिष लामा सर्वोत्कृष्ट खोडीका साथै उच्च गोलकर्ता बन्न सफल भए । ढुंखर्कका विशेष वाइवा उत्कृष्ट गोलकिपर, आनन्दका रविन्द्र कार्की उत्कृष्ट रक्षक, ढुंखर्कका अजय पुलामी मगर उत्कृष्ट फरवार्डमा चुनिएर पुरस्कार प्रदान गरिएको थियो ।

कात्तिक २१ देखि सुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।